US Khabar

ट्रोलको सिकार भएपछि करिश्माले मागिन् माफी

- USKHABAR | २ महिना पहिले प्रकाशित

ट्रोलको सिकार भएपछि करिश्माले मागिन् माफी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर सोलार हिटरसम्बन्धी विज्ञापनका कारण विवादमा तानिएकि थिइन्, बिज्ञापनको गुणस्तर माथि आम दर्शकले ट्रोल गर्दै करिष्मा जस्तो स्थापित नायिकाले यस्तो किसिमको बिज्ञापन गर्नु हास्यास्पद रहेको समेत टिप्पणि गरेका थिए । त्यसै बिषयमा करिष्माले फेसबुक सटाटस मार्फत् माफि मागेका छिन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मानन्धरले कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै नरहेको बताएकी छिन् । त्रुटि मानिसबाटै हुने भन्दै उनले प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताएकी छिन् । करिश्माले आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा धन्यवाद पनि दिएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्

हालसालै मैले गरेको Boss Solar heater को विज्ञापनका लागि आहिरहेका कमेन्ट र बनिरहेका अन्लाईन न्युजहरुमा मेरो ध्यानाकर्षण भयेको छ ।
Boss home appliance संग जोडिएको दुई वर्ष भयो , येसको विभिन्न सामाग्रीको म प्रशंसक हु र आफ्नो नयाँ निर्माण हुदैगरेको भवन र रेस्टुरेन्टमा Boss कै सामाग्री जडान गर्दै छु।
कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन ।
त्रुटि मानिस बाटै हुने हो !
येसको प्रचारको काममा मेरो उपस्तिथि रहने भएपनी ,
प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन !
सुझाव सम्म दिन सकिन्छ , जुन निर्माण पक्षले लिनपनी सक्नुहुन्छ नलिनपनी सक्नुहुन्छ ।
मेरो काम भनेको भनेअनुसार गर्ने हो ।
तर याहाँहरुको यी प्रतिक्रियाबाट प्रेरित हुँदै येसबारे बनेका अन्यसबै विज्ञापनहरु Boss का आधिकारिक ज्यु हरु र मेरो समेत सक्रियता रहने जानकारी गराउछु ।
सो विज्ञापनको पनि सुधार अवस्य हुनेछ 😊
याहाँहरुको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु ।
करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु 🙏
कहिलेकाही हास्नु पनि पर्छ 😊😊

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!