रमेश सिलवालले लिए राखेप सदस्यसचिवको शपथ

22

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्यसचिवमा रमेश सिलवाल शपथ लिएका छन् । नेकपाले उनलाई राखेपको चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिएको हो ।

नवनियूक्त सदस्यसचिव सिलवाललाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

सिलवाल यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजक थिए । उनी गोल्डेनगेट कलेजका सञ्चालक पनि हुन् ।

सिलवाल तत्कालीन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत थिए । उनी मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गर्नमा उनको ठूलो योगदान पनि रहेको छ ।

Comments

comments