काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, सरकार व्यापार घाटा कम गर्ने आवश्यक प्रयासमा लागिरहेको दाबी गरेका छन् ।बिहीबार राजधानीमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै, मन्त्री श्रेष्ठले, इटलीसँग मात्रै नभएर अन्य देशसँग समेत मुलुकको व्यापार घाटामा रहेको भन्दै घाटा न्यूनीकरणका लागि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।६ दशक लामो कूटनीतिक सम्बन्धमा नेपालले इटलीबाट कति लाभ लिन सक्यो भन्ने कुराको समीक्षा हुनुपर्ने उनको भनाई छ ।सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अर्थतन्त्र सुधारका लागि आवश्यक प्रयास गर्न तयार रहेको उनले बताए ।
उनले भने ‘नेपाल र इटाली बीचका कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ६ दशक पुग्न लाग्यो यसबाट कति लाभ लिन सक्यौ समीक्षा गर्न आवश्यक छ । नेपाली इटलीसँग हाम्रो व्यापार घाटा २ अरब ९६ करोड रुपैयाँ रहेको छ । सरकार र निजी क्षेत्र मिलेर दुई देशबिचको व्यापार अभिवृद्धि गर्ने उत्पादनको बजार सुनिश्चित गर्ने काम गर्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ ।’ उनले नेपाल–इटाली चेम्बर अफ कमर्सले नेपाल र इटालीमा नागरिक स्तरमा सम्बन्ध विकासमा भूमिका खेल्नु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया