US Khabar

के नेपाली नायिकालाई जसरी पनि चर्चामै रहने भोक छ ?

- USKHABAR | २ महिना पहिले प्रकाशित

के नेपाली नायिकालाई जसरी पनि चर्चामै रहने भोक छ ?

नेपाली फिल्मी बजारमा एउटा हल्ला पहिल्यैदेखि चर्चामा रहेको छ । बदनाम हुनु र गुमनाम नहुनु, खासमा यो भनाई समाज भड्काउने र संस्कृती मास्ने नियतले चर्चामा ल्याइएको हो । तर नेपाली नायिकाहरूले भने यसको भरपुर प्रयोग गरेका छन् । उनिहरुलाई जति बदनाम भएपनि फरक परेको छैन । तर गुमनाम भए भने चै छटपट्टि हुन्छ । एकछिन पनि चर्चा बिना उनीहरु बाँच्न सक्दैनन् । केहि न केहि गरेर चर्चामा रहिरहने उनिहरुको आदत बनेको छ ।

पछिल्लो समय नेपाली फिल्म उद्योगकी पुरानो नायिका करिष्मा मानन्धरले एक निकै कमसल विज्ञापन सामाजिक सञ्जालमा प्रदर्शन गरिन्, नत उनलाई त्यस्तो विज्ञापनमा काम गर्न आवश्यक थियो नत, उक्त विज्ञापन फेसबुकमा सेयर गर्न । तरपनि उनले उक्त भिडियो सार्वजनिक गरिन्, आफ्नै फेसबुक अकाउण्ट बाट । उक्त भिडियो यत्ति भाइरल भयो कि करिष्मा पछिल्लो ३ दिन देखि सारा मिडियाको लाइमलाइटमा छाएकी छिन् । भिडियो सिर्फ आफ्नो अस्तित्व देखाइराख्न मात्र खेलेको स्पष्ट देखिन्छ । उक्त भिडियोमा खास हेर्न र जान्न लायक केहि नै छैन । मोबाइलले खिचेको भिडियो भन्दै उक्त विज्ञापनको गुणस्तरमाथि सबैले मजाक उडाएका छन् ।

गत हप्तामात्र बर्षा शिवाकोटीको पतिले अर्कै बिहे गरेको फोटो भाइरल भयो । वर्षाले ९ महिना अघिमात्र बिहे गरेकी थिइन्, १ बर्ष पनि उनीहरु सँगै रहन सकेनन् । राज कटुवाल सँगको इगो को कारण बिहे गरेकी वर्षाले आफ्नो इगो ९ महिना पनि टिकाउन सकिनन् । उनले पछिल्लो ३ बर्षमा मात्रै आधा दर्जन व्वायफे्रण्ड फेरीसकेकि छिन् । उनी जसरी भएपनि उद्योगमा आफ्नो नाम चर्चामा रहोस् भन्ने चाहन्छिन् । त्यसैले उनि चाहे बिहे गरेर होस् या व्वाएफ्रेण्ड फेरेर होस्, आफ्नो नाम सधैं चचाशृमा ल्याइरहन्छिन् ।

उता फूलबारी फिल्मको प्रिमियर नायिका प्रियंका कार्की निकै रोइन्, फिल्म हेर्दा त अरु रोएका थिए, तर फिल्म हेरिसकेपछि त्यस्तो रुनै मन लाग्ने इमोसनल पनि थिएन उक्त फिल्म । तर प्रियंका र सिल्पा मास्के एकअर्काको आँसु पुछ्दै मिडिया र क्यामेराको सामु मेकअपको ख्याल राखी राखी रोए । तर उनिहरुको रुवाई देखेर दर्शक भने खुब हाँसे ।

उता नायिका पुजा शर्मा पनि कुनै फिल्म राम्रो सँग नचल्ने भयो भने रोएर नै  भनेपनि चलाउँछिन्, म यस्तो गीत गाउँछु २ चलाउन त उनले आँसुको खोलो नै बगाइन् । त्यसपछि आएका फिल्ममा भने उनले रोइनन् । बरु ट्रोलरहरुलाई जवाफ दिन अब आफु नरोइ फिल्म चलाउने भन्दै फिल्म प्रचारप्रसारमा हिँडिन्, त्यसपछि प्रदर्शन भएका एक्का टुक्का फिल्महरूले बक्स अफिसमा पनि पनि माग्न पाएनन् । तर उनि आफ्नो सटारडम प्रदर्शन गर्न १०,१२ जनाको टिम बोकेर हरेक कार्यक्रममा जाने गर्छिन् । ताकि उनको स्टार भ्यालु क्यामेरामा कैद होस् । चाहे रोएर होस्, उ फ्यान हरु जम्मा पारेर होस् आफुलाई चर्चामा राखिराख्न उनले कुनै कसर बाँकि राख्दिनन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!