काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् न्यूनीकरणमा प्रभावकारी सूचना आदान प्रदानका लागि आवश्यक पहल गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले अचानक आउन सक्ने विपद्बारे आवश्यक जनचेतना जगाउन तथा आम नागरिकलाई त्यसबारे जानकारी दिन आमसञ्चार माध्यमसँग आवश्यक सहकार्य गरिने बताए । उनले भने ‘विपद् भनेको सधैँ भइरहेको हुन्छ र त्योबाट बच्ने कसरी भनेर मिडियासङ संयुक्त रूपमा काम गर्नको यो छलफल राखिएको हो । मिडियासङ संयुक्त रूपमा मिलेर काम गर्ने र आएको प्रतिक्रियालाई लिएर अगाडी बढ्ने भन्ने छ । यसले एक आपसमा सूचना आदानप्रदानमा पनि सहज हुन्छ ।’
आम नागरिकलाई विपद्बारे सहजै जानकारी प्राप्त होस भन्ने मान्यताका साथ आमसञ्चार माध्यमलाई सहज रूपमा सूचना उपलब्ध गराउने उद्देश्यका साथ मिडिया सेन्टर समेत व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए । पछिल्लो समय आगलागी ठुलो विपद्को रूपमा देखिएको र यो प्रि मनसुनको समय आगलागी र डढेकोको जोखिमको समय भएकाले त्यसबारे आवश्यक तयारी थालिएको उनले जानकारी दिए । यसको लागि विभिन्न ठाउँका स्वयमसेवीहरुलाई ट्रेनिङ दिइरहेको र प्रहरीहरूलाई छुट्टै तालीमको प्रावधान गरिएको उनको भनाई छ ।
प्रतिक्रिया