US Khabar

स्व. लामिछानेको पार्थिव शरिरमा अन्तिम फुल चढाउने बृद्ध बुबाको इच्छा, भोलि हुने दाह संस्कार केहि दिन सारिदिन आग्रह

- USKHABAR | २ महिना पहिले प्रकाशित

स्व. लामिछानेको पार्थिव शरिरमा अन्तिम फुल चढाउने बृद्ध बुबाको इच्छा, भोलि हुने दाह संस्कार केहि दिन सारिदिन आग्रह

टेक्सास । गत मंगलबार अमेरिका निवासी नेपाली समाजका टेक्ससका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कृष्ण लामिछानेको असामयिक निधन भएपछि अमेरिकामा रहेको नेपाली समाज सहित लामिछानेको परिवार स्तब्ध रहेको छ । उनै स्वर्गीय लामिछानेको पार्थिव शरिरलाई अन्तिम पटक हेर्ने इच्छा जाहेर गर्दै पिता राम प्रसाद लामिछानेले मार्मिक चिठ्ठी लेखेका छन् । चिठ्ठीमा पिता राम प्रसाद लामिछानेले छोराको दाह संस्कारमा सरिक हुन पाउँ भन्दै निर्धारित दाह संस्कारको कार्यक्रमलाई केहि दिन पछि सारिदिन आग्रह गरेका छन् । उनले लेखेका छन् ुमेरो छोरा स्व कृष्ण प्रसाद लामिछानेको २१ मार्च ०२३ का दिन असामयिक रुपमा असहज परिस्थितिमा मृत्यु हुन गएको जानकारीमा आएको हुँदा उक्त मृत पार्थिव शरिरलाई म बुबाको नाताले अन्तिम पार्थिव शरिर हेर्ने चाहाना र नातिनिहरुले टेक्सास आउन गरेको आग्रह अनुसार शुक्रबार हुन लागिरहेको अन्तिम दाहसंस्कार केहि समयको लागि सारी पाउँ भन्दै यो निवेदन गर्दछु ।

मृतक कृष्ण लामिछानेका पिताले लेखेको चिठ्ठी यस्तो छ

गोरखा समाज अमेरिका मिति २०७९।१२।०९
नेपाली कम्युनिटी अमेरिका २३।०२३
च्याप्टर टेक्सास
नेपाली समाज टेक्सास
सम्बन्धित बिषय सन्दर्भमा मेरो छोरा स्व कृष्ण प्रसाद लामिछानेको २१ मार्च ०२३ का दिन असामयिक रुपमा असहज परिस्थितिमा मृत्यु हुन गएको जानकारीमा आएको हुँदा उक्त मृत पार्थिव शरिरलाई म बुबाको नाताले अन्तिम पार्थिव शरिर हेर्ने चाहाना र नातिनिहरुले टेक्सास आउन गरेको आग्रह अनुसार शुक्रबार हुन लागिरहेको अन्तिम दाहसंस्कार केहि समयको लागि सारीपाउँ भन्दै यो निवेदन गर्दछु ।

बुबा : राम प्रसाद लामिछाने

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!