US Khabar

मुलुक सुधारको सुरुवात निजी जीवनबाट हुन्छ : अध्यक्ष ओली

- USKHABAR | २ महिना पहिले प्रकाशित

मुलुक सुधारको सुरुवात निजी जीवनबाट हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुने बताएका छन् । रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनमा अध्यक्ष ओलीले देशकालागि योगदान गर्न पहिलो चरणमा आफ्नो अवस्था सुधार गर्नु पर्ने बताए । उनले भने,‘मुलुक सुधारको सुरुवात निजी जीवन सुधारबाट हुन्छ । पहिलो चरणमा आफ्नो अवस्था सुधार हुनु प¥यो । त्यसले उसको परिवार सुधार गर्छ । परिवार सुधार भएगाउँ सुधार हुन्छ । गाउँ सुधार हुँदा जिल्लार जिल्ला सुधारबाट देश सुधार हुन्छ । म सुधार गर्दिन भनेर बस्दा आफैं सुधार हुदैँन । आफूले आफ्नो प्रवन्धनगर्न सके देशको आर्थिक उन्नती र गरीबिनिवारणमा योगदान पुग्छ । आफ्नालागि काम गरिएनभने देशका लागि छुट्टै काम हुँदैन ।’ उनले पदको पछि लागेर देश सुधार नहुने बताए । समस्याको समाधानगर्ने नीतिनिर्माण गर्ने र कार्यन्वयनगर्न सक्ने नेतृत्व छान्न सक्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!