नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको वडा कार्यलयमा रातिको समयमा आगजनी गर्दा वडा कार्यलय पुर्ण रुपमा जलेको छ । बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा सोमबार राती विप्लव समुहले आगजनी गरेको हो ।

आगोका कारण लेखा फाँटका सम्पूर्ण काजगात नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले जानकारी दिएका छन् । उनले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको बताएका छन् ।

रातको समयमा एक्कासी वडा कार्यलय जल्न थालेपछि स्थानियहरु भ्यवित भएका थिए भने वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्लमाथी जलिरहेको छानो खस्दा उनि गम्भिर घाईते भएका छन् । प्रहरी निरिक्षक मल्लको नेपालगञ्जमा उपचार भइराखेको छ ।

विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ । आज पनि कैलाली प्रहरीले चुरे गाउँपालिकाका संयोजक सहित २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । चुरे गाउँपालिकाका निङाली, अलाड, गजार, खैराला, सहजपुर तथा फल्टुडे कैलाली साथै अन्य जिल्लामा समेत आफ्नो पार्टी बिस्तार तथा चन्दा आतंक तथा धम्कि, अराजकता फैलाई रहेको आरोपमा विप्लव समुहका सक्रिय सदस्य एबं चुरे संयोजक तथा कैलाली जिल्ला कमिटिका सदस्य रमेश थापा संघर्ष० र चुरे सदस्य ठक्कर साहुलाई ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माको टोलीले पक्राउ गरेको हो ।

 

Comments

comments