US Khabar

कृष्ण लामिछानेको अन्त्येष्टि : सयौं एनआरएनले दिए श्रद्धाञ्जली

- USKHABAR | २ महिना पहिले प्रकाशित

कृष्ण लामिछानेको अन्त्येष्टि : सयौं एनआरएनले दिए श्रद्धाञ्जली

टेक्सास । दिवंगत नेपाली समाजका टेक्ससका पुर्व अध्यक्ष कृष्ण लामिछानेको पार्थिव शरिरको आज हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न गरीएको छ । छोरोको पार्थिव शरिर अन्तिम पटक हेर्ने पिता राम प्रसाद लामिछानेले गरेको आग्रह विपरित उनको अन्तिम संस्कार सम्पन्न गरीएको हो । लामिछानेको पार्थिव शरिरलाई छोरीहरुले दागबत्ति दिएका थिए ।

लामिछानेको अन्तीम संस्कारमा सहभागी हुन अमेरिकाभर रहेका सयौं नेपाली हरु टेक्ससको डालस सहर उपस्थित भएका थिए । लामिछानेलाई श्रद्धाञ्जली अर्पण गर्न अमेरिकाको विभिन्न सहरबाट एनआरएन अभियान्ता, राजनितीकर्मी लगायत सहभागी भएका थिए ।

को हुन् कृष्ण लामिछाने ?
जनसम्पर्क समिति अमेरिका साथै विभिन्न संस्थामा आवद्ध लामिछनेले लामो समयदेखी टेक्ससमा रहेर व्यवसाय संचालन गर्दै आएका नेपाली व्यवसायि हुन् । भूकम्प, दैवि प्रकोप, कोभिड पेण्डामिक जस्ता आपतकालिन अवस्थामा सहयोग संकलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका लामिछानेलाई यस पटक पनि एनआरएनए अमेरिकाको नेतृत्व प्रतिस्पर्धामा देख्न सकिने अपेक्षा र अनुमान धेरैको रहेको थियो, यस अघिनै उनि एनआरएनको अध्यक्षमा प्रतिस्पर्धा गरीसकेका थिए । उनि बर्तमान अध्यक्ष बुद्दि सागर सुबेदी सँग पराजित भएका हुन् ।

लामिछानेको अन्तिम संस्कारको सम्पुर्ण अपडेट र कभरेज हाम्रो युएस खबर मिडिया नेटवर्कमा हेर्न सक्नुहुने छ ।

पिता राम प्रसादले गरेका थिए अन्तिम संस्कार केहि समय पछाडि सार्न आग्रह

गत मंगलबार अमेरिका निवासी नेपाली समाजका टेक्ससका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कृष्ण लामिछानेको असामयिक निधन भएपछि नेपालमा रहेका लामिछानेका पिता राम प्रसाद लामिछानेले छोराको पार्थिव शरिरलाई अन्तिम पटक हेर्ने इच्छा जाहेर गर्दै मार्मिक चिठ्ठी लेखेका थिए । चिठ्ठीमा पिता राम प्रसाद लामिछानेले छोराको दाह संस्कारमा सरिक हुन पाउँ भन्दै निर्धारित दाह संस्कारको कार्यक्रमलाई केहि दिन पछि सारिदिन आग्रह गरेका थिए ।

मृतक कृष्ण लामिछानेका पिताले लेखेको चिठ्ठी यस्तो थियो

गोरखा समाज अमेरिका मिति २०७९।१२।०९
नेपाली कम्युनिटी अमेरिका २३।०२३
च्याप्टर टेक्सास
नेपाली समाज टेक्सास
सम्बन्धित बिषय सन्दर्भमा मेरो छोरा स्व कृष्ण प्रसाद लामिछानेको २१ मार्च ०२३ का दिन असामयिक रुपमा असहज परिस्थितिमा मृत्यु हुन गएको जानकारीमा आएको हुँदा उक्त मृत पार्थिव शरिरलाई म बुबाको नाताले अन्तिम पार्थिव शरिर हेर्ने चाहाना र नातिनिहरुले टेक्सास आउन गरेको आग्रह अनुसार शुक्रबार हुन लागिरहेको अन्तिम दाहसंस्कार केहि समयको लागि सारीपाउँ भन्दै यो निवेदन गर्दछु ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!