मुम्बई- भारतीय चर्चित र्‍यापर हनी सिंहविरुद्ध उजुरी परेको छ । उनले गाएको गीत महिलाका बारेमा विवादित शब्द प्रयोग गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

उनले आफ्नो गीतमा ‘मखना’ शब्दलाई प्रयोग गरेका थिए । महिला आयोगले गीतका शब्दलाई लिएर पञ्जाब प्रहरीमा उजुरी दर्ता गराएको बताइएको छ । उजुरीमा गायक हनी सिंह र भुषण कुमारलाई दोषी देखाइएको छ ।

गीतमार्फत अश्लीलता फैलाएको र धम्काइएको सहित अन्य नियमका आधारमा उनीहरूमाथि उजुरी दिइएको हो ।

आयोगले र्‍यापर हनी सिंहले महिलालाई अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छ ।

Comments

comments