काठमाडौं । सरकारलाई पूर्णतादिनेबारे छलफल गर्न गठबन्धन दलहरुको बैठक आज बस्दैछ। आजबस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मतदिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ। यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले भने तत्काल सरकारमा सहभागी बताइसकेका छन् । प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्तावगर्ने तयारी गरेका छन् । शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णतादिने निर्णय गरेको थियो।
प्रतिक्रिया