तामाङ सोसाइटी एफ अमेरिकाको एघारौं अधिवेशनबाट २०२३ देखी २०२५ सम्मको कार्यकालको लागी १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा बुद्धिमानी तामाङ निर्वाचित भएका छन् । साथै कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिना लामा, उपाध्यक्षमा तुल बहादुर तामाङ र आरती लामा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा शमशेर योञ्जन, सचिवमा भिम स्याङतान निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सेन्तुन लामा निर्वाचित भएका छन् ।
तामाङ सोसाइटी एफ अमेरिकाको एघारौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति सदस्यहरु
अध्यक्ष : बुद्धिमान तामाङ
बरिष्ठ उपाध्यक्ष : चिना लामा
उपाध्यक्ष : तुल बहादुर तामाङ
उपाध्यक्ष : आरती लामा
महासचिव : शमशेर योञ्जन
सचिव : भिम स्याङतान
कोषाध्यक्ष : सेन्तुन लामा
बोर्ड सदस्य : तीर्थ राज लामा
बोर्ड सदस्य : बिष्णु तामाङ
बोर्ड सदस्य : निरा माया लामा
प्रतिक्रिया