बिबेक चन्द ठकुरी (मध्यपश्चिम)

सबै भन्दा म यहॉ हामी नेपालीहरुको आफ्नै प्रबृत्तीका साथ परिचय दिन्छु । बिश्वको अग्लो हिमशिखर सगरमाथाको देश, बुद्व जन्मेको देश, भुपरिबेष्टित देश, जलश्रोतको दोस्रो धनि देश, यदाकदा भन्ने गरीएको, कहिले पनी कसैको उपनिबेश नबनेको देश नेपालका हामी नेपाली बिचित्रका छौ । संसारमा अत्यन्तै सोझा र ईमानदारी भनिएका हामी नेपाली कुरा नबुझी सनक्क सन्कीन्छौ, कुरा बुझ्दा नबुझ्दै पुन दुई-तिन महिना जती सन्किनै नसक्ने गरी सेलाई सकेका हुन्छौ । समग्रमा तिन पटक हॉस्ने हामी नेपाली, सुरुमा कुरै नबुझी हॉस्छौ, त्यसपछी कुरो आधा-आधी बुझेर हॉस्छौ अन्त्यमा म किन हॉसेको भनि प्रश्न गर्दै हॉस्छौ । भावनात्मक हिसाबमा अत्यन्तै कोमल हृर्दय भएका हामी नेपाली, सुरुमा के के नै गरौला झै गर्ने फुर्तिला बन्छौ अन्त्यमा खिस्रीक्क पर्ने गर्छौ ।

तुजुक र फुर्ति धेरै गर्न पर्ने हामी नेपालीको जात अमेरीकनहरुका अगाडी अमेरीकाकै बयान वा ईन्द्रका अगाडी स्वर्गको बयान भने जस्तै गर्न बेर लगाउदैनौ । औसत हामी नेपालीलो बिदेशीका सामु आफ्नै परिचय दिदा न ठेलो समातिन्छौ न टुप्पो नै । थाहा छैन भन्ने हो भने संसारकै कुरा गर्छौ हामी, थाहा छ भन्ने हो भने भॉग न भुत्लो भन्या झै छ हाम्रो अवस्था । राष्ट्र र राष्ट्रियता हामी यति दर्शाउछौ की त्यसको त कुरा गरी साध्यै छैन । सामाजीक संजाल चलाएकै भरमा बिश्व हॉक्नेमा हामी नेपाली दर्रिन बेर छैन । भारतले चौकीदारको रुपमा नेपाली ल्याउछौ भनी सार्बजनीक बक्तब्य दिने सम्मको परिचय बनाएका हामी नेपाली, देशको अर्थतन्त्र धान्नलाई बैदेशीक  रोजगारमा युबा बेच्ने देश को रुपमा पनि परिचित भैसकेका छौ । भ्रष्टाचारको सुचीमा एकनंबर, फटाहा, जाली, ठगहरुले आफ्नो पकड बिस्तारै बढाउदै गरेको अबस्था छ हाम्रो देशमा ।

याबत परिचयका बावजुत हामी छिट्टै तात्छौ र छिट्टै किन सेलाउछौ यही बिच यो प्रश्न जन्मि रहन्छ । यसको जवाफ हाम्रा देशका हरेक पार्टीका नेताहरुसंग छ तर त्यो जवाफ हामीलाई कहॉ दिन्छनर, बरु त्यसको उपयोग गरी मज्जाले फाईदा पो लिन्छन त, कि कसो नेता ज्युहरु ? झुक्कीएर कतै बाट यो लेख पढ्ने मौका यहॉहरुलाई मिल्यो भने मनमनै भए पनी ठिकै भनेछ बबुरोले भनिरहनु भएको हुने छ । तपॉईहरुको यही प्रबृत्तीत थाहा छ है मलाई ।

हो माथी भनिएको हाम्रो प्रबृत्ती भित्र नेपाली राजनैतिक चक्रब्यु कसरी रोपीन्छ हेरौ अब, हरेक नेता गणले हामीलाई समग्र रुपले तिन बर्गमा बिभाजित गर्छन, एकमा बृद्वबृद्वा, दुईमा महिला तथा बालबालीका र नंबर तिनमा युबा, अब यिनै तिन बर्गका जनताको भावना संग चरम रुपमा खेलबाड गरी राजनितीक चक्र रोप्छन । त्यो चक्र देशमा बिकास र समृद्वी गर्नलाई होईन, आफ्नो दुनो सोझ्याउनलाई । नयॉ-नयॉ ब्यबस्थाको परिबर्तन गरेर मात्र हुदैन यहॉ, नेताको चरित्र र ब्यबहार परिबर्तन नभएसम्म, हो यही कुरोको चुरो हामी भावनात्म रुपमा असाध्यै बहकिने नेपालीले कहिले बुझ्दैनौ र त भरपुर फाईदा लिन्छन नेताहरुले । कुरा हामी सबैले गर्न जानेका छौ । चिया पसल, चोक,चौतारा, पार्क जता गएपनी नेतालाई सराप्दै धारेहात लगाउने नेपाली प्रबृत्ती प्रसस्तै पाउछौ । यस्ता नेतालाई भोट हाली चुनेर सिहदरबारका सुबिधा सम्पन्न अफिस र घुम्ने कुर्चीमा पुर्याउने हामी हौ, यसमा हाम्रै दोष छ, कहिलेही भन्दैनौ ।

यसो कहिले काही हामी आफैलाई पनी धारेहात लगाएर आत्माआलोचना गरौत । अहंम पटक्कै आफु गलत हुने हाम्रो बंशाणुगतीय प्रबृत्ती कहॉ होत ? भुपी सेरचनले भनेझै हल्लैहल्लाको देश हो यो, गणेशमानले भनेझै नेपाली जनता भेडा हुन, हो यो कुरोको गहिराईमा गएर हामी नेपाली जनताले बुझ्दिनु पर्यो । यहॉ त नेताले मात्र बुझेर हामीलाई चरम दुरुपयोग गरे र पो फसाद पारे । हुन पनी हामी भेडे पारामा उफ्रिन्छौ कुद्छौ कुरै नबुझी, हल्लैहल्लाका भरमा नेपाल बन्द हुन्छ यहॉ, दुर दर्शी राजा पृथ्वीले घुस दिन्या र घुस लिन्या दुबै देशका सत्रु हुन भन्दा, सत्रु होईन, “काले काले मिलेर खाऔ भाले” भनि मिली जुली साथी बनी देशमा भ्रष्टाचारलाई नेपालीको संकृतिक र परमपराको रुपमा कहिले नहट्ने गरी त्यसै गॉजेको पो भन्छन नेताहरुले, यिनीहरुले यत्रो गर्नु पनी हाम्रो प्रबृत्ती बुझेरै हो ।

म यहॉ केही दृष्टान्त दिन्छु तर धेरै पुरानो ईतिहॉस कोट्याउदिन, २०५० यता घटेका केही ठुला घटना र घटना पछी बुरुक्क उफ्रीने हामी नेपाली र हाम्रो प्रबृत्ती बुझेका नेताहरुले हरेक घटनालाई बिस्तारै कसरी सेलाई दिने गरेका छन सबिस्तारमा, ठ्याक्कै २०५० जेठ ३ गते तत्कालीन मालेका नेता मदन भन्डारीलाई अनायासै त्रिशुलीमा बगाईयो, केही समयमै हामी जनता मज्जाले तातियौ, लाग्थ्यो मदन भण्डारीको हत्यारालाई पनि त्यसै गरी त्रिशुलीमै बगाउछौ, तर समय क्रम संगै हामी यसरी सेलायौ की कहिलेई नतात्ने गरी जबकी आज तिनै मदनकी मुना महामहीम हुदा पनी तातेर यो भन्न सकेनौ अरुत केही गर्दैनौ कम्तिमा आफ्नो श्रीमानको हत्यारालाई त सजाय देउ, यो संयोग हो या बिडम्वना देशको प्रमुख पदमा उनै भण्डारी पत्नी आशिन हुदा पनी हामी तात्नै सकेनौ जसरी त्रिशुलिमा मदन सेलाईए हाम्रो प्रबृत्ती पनी त्यसरीनै सेलायो ।

लगत्तै २०५८ माघ १९ मा राजा बिरेन्द्रको बंश बिनास हुदा देशै सोकमग्न बन्यो, हामी नेपालीहरु बिक्षिप्तनै बनिऊ, मानौ बाबुआमा बिनाका सन्तान नै महसुस गरीयो, त्यसबिचमा हाम्रो रगत यति  उम्लियो की हामी खुप उफ्रीयौ, तातियौ, रोयौं-करायौं त्यसरी तातेको र उम्लिएको नेपालीको रातो रगतले हानेको ढुंगो लागी झन्डै तत्कालीन प्रधानमन्त्री गिरीजाप्रशाद कोईराला स्वयम्भुमा ठॉउका ठॉउ भएनन् । त्यो जनसागर उर्लेको देख्दा लाग्थ्यो अब यहॉ कोही बॉकी रहन्न ।  दरबारहत्याकाण्डमा आम जनमानसले संका गरिएका कोही ब्याक्तीलाई छोड्दैनौ अर्थात जसरी दरबारमा राजपरिवारलाई भुटियो त्यसरीनै त्यो अपराधीलाई भुटौला जस्तै गरीयो, त्तकालीन छानविन समीतिका संयोजक तारानाथ रानाभाटले कति मज्जाले रेडियो टिभिमा लाईभ बयान गरे भटटटटऽऽऽऽ भन्दै अहिले सम्झिदा मात्रै पनि लाज मिश्रीत र दुखद हॉसो लाग्छ । बिस्तारै सेलाएका हामी नेपाली त्यती बेला यसरी तातेका थियौ भनी अहिले कोही कसैले बयान गर्दा एकले अर्काको मुख वाल्ल परी हेर्ने गर्दछौ ।

अर्को उखरमाउलो तरिकाले तातेको घटना हो यो जुन तत्ताईले आज देश र हामी स्वयंमलाई “न गरी खानु न मरी जानु” बनाएको छ । खोई कहॉ बाट आए कुन्नी २०६२/०६३ को त्यो उत्ताउलो जनआन्दोलनमा त्यत्रो धैरै नेपाली, सायद सेना र प्रहरीले भुटेको भए पनी रावणकै टाउका बन्थे होला, खुप्पै उर्लिए र राजसस्था फाले, लोकतन्त्र हुदै आज गणतन्त्र सम्म आईपुग्दा त्यो आन्दोलनमा म कहॉ थिए भन्न बेर लाउदैनौ आजकाल । समय संगै बिभिन्न खालका तात्ने र सेलाउने खेल खेलेका हामीहरुलाई लगत्तै निर्मला हत्याकाणड, वाईडबडी भ्रष्टाचार काण्ड, अन्य बिभिन्न काण्डैकाण्ड हुदै आज Ncell ले कर छली गरी देशमा ठुलो भ्रष्टाचार काण्ड मच्चाउदै, र सरकारका कच्चा र अबिबेकपुर्ण बिभिन्न बिधेयक हुदै गुठी बिधेकमा आईपुग्दा तातेका हामीले सरकारलाई “रक्ष्यानमा ढुंगा हानी मुखमा छिट्टा” पनी बनायौकी भनी भाते समीक्षा गर्दछौ यदा कदा, तैपनी हमीहरु तात्ने र सेलाउने क्रम जारी छ । अब-अब आएर तात्ने वा बिरोध गर्ने हामी नेपालीको शैली पनी अचम्मको बनेको छ ।

नेपाल बन्द गरेर, सिहदरबार घेराउ गरेर, सार्बजनिक ठॉउमा झण्डा बोकी जुलुस नारा गरेर, सार्बजनिक यातायातमा आगजनी गरेर, हुदा हुदै अहीले त फेसबुक लगायत अन्य सामाजिक सन्जालहरुमा बिभिन्न स्टाटस हालेर, फेसबुकमा लाईभ गरेर, युट्युब च्यानल र मिडियामा भक्कु जोस्सीएर, बोलेर, गालीगलोज गरेर, सन्केर, उफ्रेर अनेक-अनेक हैटटटटऽऽऽऽ कुरै नगरौ । बिरोध गर्ने र तातेर उफ्रीने शैली त कति हो कति, यस्तो लाग्छकी मोटाएर हैरान भएकाहरु यसैगरी बिरोध जुलुसमा गई नियमित उफ्रीए दुब्लाउनलाई अन्य उपायनै खोज्नु पर्दैन । हो हामी मज्जाले तात्छौ मज्जैले सेलाउछौ, यो हाम्रो प्रबृत्ती राम्रै संग बुझेका बिभिन्न राजनैतिक दलका नेताहरुले बिस्तारै समय क्रमसंगै जस्ता सुकै घटनाहरुलाई पनी मज्जाले सेलाईदिन्छन । उदाहरण तपॉई हाम्रै अगाडी छन । निर्मला काण्ड, वाईडबडी काण्ड, एनसेल काण्ड, गुठी बिधेयक काण्ड जे आउछ पचाउछ झै गरी पचाएकी पचाएनन् ?

यति हुँदा पनी हामी कति तात्ने र सेलाउने, साथै तात्ने-सेलाउने वा बिरोध स्वरुप माईतीघर मण्डलमा हामी उफ्रीनुको निष्चित माप दण्ड के कति र कहिले सम्म ? हामी आफैले आ-आफ्नै आत्मा समिक्षा गर्ने की नगर्ने ? आखिर हाम्रो यो तात्ने र सेलाउने प्रबृत्ती कहिले सम्म ? हाम्रो तात्ताई र सेलावाई ले संसदमा भत्ता पचाउने बाटो बनिरहेकोमा हामीले आत्मा आलोचना र आत्मा समिक्षा गर्नै पर्छ । कहिले काही नेताहरुलाई लगाउने धारे हात आफैतिर लगाउनेकी नलगाउने ? हाम्रा नेताहरुको झुटको खेति एक बर्ष टिक्छ, दुई बर्ष टिक्छ, लौ हामी सोझा नेपाली भएकैले १० बर्षै यिनीहरुको झुटको राजनैतिक खेति टिक्यो रे, २०/२५ बर्ष मेलम्चीको पानी ल्याईदिन्छु मलाई भोट दिनु भनी चुनाबका बेला दुईहात जोडेर हिड्नेहरुको ललीपप खाने र फस्ने पनी हुन्छ कतै ?  हामी नेपालीहरुको बच्पनाको पनी समिक्षा गरौ ।

यो आलेख पढ्दै गर्दा झुटको खेति गर्नेहरुलाई भोट हाल्ने ति औंला हेर्नुहोस त कती गिज्याएको महसुस हुन्छ । अब हामी आफै सच्चीने हो । अब पनी चुनावमा भोट हाल्न ति हात नमुसार्नुहोस, बरु अब फेरी पनी मेलम्चीको पानी मलाई जिताए पछी एक बर्षमा पक्का भन्नेहरुको नाकको डॉडी भॉच्चीने गरी लोप्वा ख्वाउन मुसारौ । हाम्रो प्रबृत्तीलाई राम्रै संग बुझेर हामीलाई पटक-पटक थांग्नामा सुताउने  नेताहरु बाट हामीले अझै बढी आषा गर्नेु पर्ने केही छैन । कहिले सम्म यिनिहरुको झुटमिश्रीत ब्वॉसे राजनैतिक चक्रब्युमा फसीरहने ? के हामी संग कुनै अस्त्र छैन यिनिहरुको यो ब्वॉसे चक्रब्युको चक्रलाई प्रास्त गर्ने ? के हामी यिनिहरुलाई सामाजिक बहिस्कारको अस्त्र प्रयोग गरी हराउन सक्दैनौ ? अब भब्य समिक्षाको बिषय बनेको छ ।

Comments

comments