US Khabar

२ सुपरस्टारको महा भिडन्त पक्का : तेलुगुमा महेश बाबु, हिन्दीमा प्रभासको पकड बलियो

- USKHABAR | २ महिना पहिले प्रकाशित

२ सुपरस्टारको महा भिडन्त पक्का : तेलुगुमा महेश बाबु, हिन्दीमा प्रभासको पकड बलियो

फिल्म बाहुवलीबाट विश्वव्यापी चर्चामा आएका प्रभास अहिले सर्वाधिक ब्यस्त नायक हुन्, उनि अभिनित फिल्म आदिपुरुष र सलार अगामी जुन र अक्टोबरमा प्रदर्शन हुँदै छन् । उनै प्रभासको अर्को फिल्म प्रोजेक्ट के पनि २०२४ को सुरुवातमै प्रदर्शन हुने लगभग पक्का जस्तै छ, तर उनै प्रभासलाई सुपरस्टार महेश बाबुले आगामी सक्रान्तीमा च्यालेञ्ज गर्ने भएका छन् । महेश बाबु तेलुगु बक्स अफिसमा अहिले नम्बर १ पोजिसनमा छन् । उता भारतभरस्टारडम फैलाएका प्रभास पनि नम्वर वान बन्ने दौडमा छन् । हिन्दी बेल्टमा महेश बाबुले फिल्म रिलिज नगर्ने भएकाले प्रभासलाइ त्यति फरक पर्दैन । तर आफ्नै स्टेटमा भने उनलाई महेश बाबुको स्टारडम अगाडि टिक्न निकै मुस्किल पर्न सक्छ ।

बाहुवलीले ऐतिहासिक सफलता प्राप्त गरेपछि भारतभर आफ्नो अलग्गै पहिचान स्थापित गरिसकेका प्रभासको पछिल्लो २ फिल्म साहो र राधे श्याम भने बक्स अफिसमा डिजास्टर भएका थिए । बाहुवली २ को रापतापको कारण शाहो ले हिन्दी बेल्टमा केहि राम्रो कमाइ गरेपनि साउथमा निकै नाजुक ब्यापार गरेको थियो । त्यसैले उनलाइ महेश बाबुको फिल्मको अगाडि आफ्नो फिल्मलाइ टिकाउन निकै संर्घष गर्नु पर्ने हुन्छ । उता महेश बाबु पनि स्टार निर्देशक त्रि विक्रम सँग १४ बर्ष पछि सँगै काम गर्दै छन् । उनिहरुको दुवैको तेलुगु बक्स अफिसमा निकै राम्रो पकड छ । उनीहरुले २००५ मा आथाडु र २०१० मा कलेजा नामक फिल्ममा सँगै काम गरेका थिए । ति दुवै क्लासिक फिल्म सावित भएका छन् । पारिवारिक फिल्म बनाउन माहिर त्रि विक्रमको यसअघिको फिल्म अला बेकुण्ठपुर्मलो बक्स अफिसमा निकै सफल भएको थियो । महेश बाबुको पनि पछिल्लो ४ फिल्म ब्याक टु ब्याक ब्लकबस्टर भएका छन् । त्यसैले संक्रान्तिको अवसरमा महेश र त्रि विक्रमको जोडीले बक्स अफिसमा आफ्नो पकड बनाउन सक्ने बलियो सम्भावना छ ।

यता प्रभासको पनि निकै सम्भावना बोकेका २ फिल्म सलार र आदिपुरुष प्रदर्शन भैसकेको हुनेछ, यदि ति दुबै फिल्म सफल भएको खण्डमा उनको पनि बक्स अफिसमा पकड थप बलियो हुन सक्ने छ, प्रभासका यस अघिका दुवै फिल्म असफल भए पनि ति दुबै फिल्मको ओपनिङ निकै सानदार रहेको थियो । यदि ति दुबै फिल्मको कथा राम्रो भएको भए ति फिल्मले पनि बक्स अफिसमा नयाँ किर्तिमान राख्नेमा कुनै शंका थिएन । प्रोजेक्ट के मा प्रभासको साथमा दीपिका पादुकोण, अमिताभ बच्चन जस्ता दिग्गजको अभिनय रहेकोले उक्त फिल्मले पनि बक्स अफिसमा आफ्नो पकड बलियो बनाउ सक्छ ।

बक्स अफिसमा यि दुई सुपर स्टारको भिडन्त कस्तो हुन्छ त्यो भने आगामी जनवरीनै कुर्नु पर्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!