एनआरएनए अमेरिकाको आठौं साधारण सभा ३ दिन अघि सिकागोमा सम्पन्न भएको छ । २ दिने यस साधारण सभामा के कस्ता कार्यक्रम भए र के के निर्णय भए त्यो कुरा त संस्थाका महासचिवले प्रेश विज्ञप्ती जारी गरेरै भनिसक्नु भएको छ । तर यस पटकको एनआरएनए अमेरिकाको साधारण सभामा विज्ञप्तीमा उल्लेख नभएका रमाईला दृश्यहरु पनि प्रसस्तै थिए । कार्यक्रममा जान नपाएकाहरुले कस्तो भयो त एनआरएनए सिकागो सम्मेलन भनेर सोधेपछि एकमुष्ट जवाफ दिन कर लाग्यो र ति सवालको जवाफ स्वरुप सम्मेलनका दृश्यहरु बयान गर्दैछु ।

( व्यक्ति बिचार – टेकराज पौडेल ) 

दृश्य १

कार्यक्रमा प्रमुख अतिथीका रुपमा पूर्व उपप्रधानमन्त्री श्री बिजय कुमार अछ्यदार नेपालबाट आउनु भएको थियो । पूर्व उपप्रधानमन्त्री जस्तो व्यक्तिको मन्तव्य सुन्न सबै आतुर नै थिए त्यसैले सबैको ध्यान केन्द्रित थियो । तर उहाँको संबोधनले सबैलाई यति हैरान बनायोकी उठेरै भयो मन्त्रीज्यु पुग्यो अव भन्नु पर्ने अवस्था देखियो । मुख नफोरे पनि उपस्थित ब्यक्तीका अनुहारले यहि भनिरहेथ्यो । एउटै कुरालाई बारबार दोहोर्याउँदा छोटो समयमै सकिने संबोधन १ घण्टा १६ मिनेट लामो बन्यो । एउटा नेताले आफ्ना कार्यकर्तालाई महत्वपुर्ण काम पटक पटक सम्झाउँदै दिएको प्रशिक्षणको झल्को दिने खालको संबोधन थियो उहाँको । नेताको संबोधन लामो भएकोमा आपत्ती होईन तर बारबार एउटै कुरा दोहोर्याउने उहाँको शैलीले केही मिनेटमा सक्किने संबोधनले झण्डै डेड घण्टा समय खाएको दृश्य सुनाउन लायककै रमाईलो प्रशंग बन्यो । यो भाषण लम्बिनुमा मिडियाको पनि हात हुन सक्छ । उहाँ आउने कुरालाई लिएर केही मिडियाले एनआरएनको बारेमा अलिकती पनि ज्ञान नभएको ब्यक्तीलाई प्रमुख अतिथीका रुपमा बोलाईयो भनेर लेखेका थिए । यो कुरा उहाँले पनि थाहा पाउनु भयो होला थाहै नपाएनी कसैन कसैले सुनायो होला । सायद त्यसैले होला उहाँले आफुलाई एनआरएन म पुर्ण जानकार छु भन्ने पार्नलाई पनि यसो गरेका हुन् कि । तर समग्रमा उनको संबोधनले उनलाई फितलो रुपमा उभ्यायो ।

दृश्य २

सम्मेलनमा अतिथीका रुपमा आउनु भएका काग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराई र तरुण दल अध्यक्ष जितजङ गुरुङ ज्युले अत्यन्त तल्लो स्तरको भाषण दिनुभयो । बाम्पन्थी बिचार बोकेकाहरुलाई गाली गर्दै  उत्तर कोरिया र चाइना नगएर किन अमेरिका आएको जस्तो अत्यन्त अर्मादित र असान्धर्विक वाक्यहरु उहाँरुले बोल्नु भयो । उहाँहरुलाई यो कार्यक्रम सबै नेपालीको साझा संस्था एनआरएनको हो भन्ने सम्म हेक्का रहेनछ । राजनितीक कार्यक्रममा जाँदा प्रतिपक्षमा रहेकालाई गाली गर्ने बानि बसेकाले होला । उहाँहरुले बामपन्थी बिचारधारा बोकेकालाई गाली गरेर आफ्नो वाककला देखाउन खोज्नु भयो । अमेरिकालाई आफ्नो  बिर्ता सम्झे झै गरि फरक राजनितीक बिचारधारा बोक्नेप्रति उहाँहरुले जे जति बोल्नु भयो आफैमा अत्यन्त लज्जास्पद थियो, उहाँहरुले कार्यक्रम कस्ले आयोजना गरेको भन्ने नबुझेर भ्रममा परेको देखियो । सायद कांग्रेस कार्यकर्ताको टिकट र मन्च अघि बसेका एकाध बाहेक सबै काङ्ग्रेस कार्यकर्ता देखेर होला उनिहरु कै खर्चमा निम्तोमा आउनु परेको कारण हुन सक्दछ उहाँहरुलाई यो त कांग्रेसको कार्यक्रम रहेछ , जानेजती अरुलाई गाली गरेर आफुलाई खत्रा नेता रहेछ भन्ने पार्न यो सब उहाँहरुले गर्नुभयो । उहाँहरुलाई यो कार्यक्रम काङ्ग्रेस कार्यकर्ताको प्रशिक्षण भेला सम्झेर हो कि ?  कम्युनिस्ट पार्टी र सरकारलाई भरपुर गाली गर्नमा खर्च गर्नु भयो । सायद नेपालामा पार्टीद्वारा आयोजित जन जागरण अभियानमा कार्यकर्ताको अभाव झेलेका नेताहरुलाइ यति धेरै मान्छे एक ठाउमा देखिनु संयोग पनि हुन सक्दछ ।

दृ्श्य ३

सामान्यतया औपचारिक कार्यक्रममा जिम्मेवारी र पदिय हिसावले मर्यादा क्रममा राखिन्छ । तर सिकागो सम्मेलनको उद्घाटन सत्रमा ओएनएफका बर्तमान अध्यक्ष प्रभु थापालार्इ मर्यादा क्रममा तल राखेर जनसमितीका पुर्व अध्यक्ष बिष्णु सुबेदीलार्इ माथी राखियो भने अन्मा (एसोसिएसन अफ मिड्वेस्ट) पुर्व प्रेसिडेन्ट बाला घिमिरेलाई आसन ग्रहण नै गराइएन।

दृश्य ४

एनआरएन एजिएमको लागि बुकिङ गरेको हल (कोठा) एन आर एन को घोषित कार्यक्रम अर्को हल लिएर कार्यक्रम गर्न बाध्य हुनु परेको दृश्य पनि रामाईला नै थिए ।

दृश्य ५

कार्यक्रममा आएका इलोनिज चाप्टर सभापति  र इन्डियन च्यापटर सभापतिले यो कार्यक्रमको आयोजनाको बिरोध गर्दै एनआरएनको सम्पत्ति दुरुपयोग भयो भन्दै बिरोधका उत्रिएपछि माहौल झगडा शैलीको बन्यो ।

दृश्य ६

जुलाइ ६ गते १२ बजे देखि गर्ने भनिएको उद्घाटन सत्र २ बजेबाट शुरु भयो र साँझ ८ सम्म चल्यो । यसप्रति प्राय सबैको एउटै भनाई थियो यति अस्त ब्यस्त र फितलो ब्यबस्थापन कहिल्लै कहि देखिएन

दृश्य ७

कार्यक्रम सेड्युल निर्माण आदि काममा एन आर एन का जिम्मेवारहरुको सरसल्लाहमा भन्दा पनि जन सम्पर्कका पुर्व अध्यक्षहरुको बढी चल्ती फुर्ती देख्न लायकको थियो मानौ अमेरिकामा बसेकाहरुलाई देखाउने बेला यहि हो ।

दृश्य ८ . बिहान ९ बजे देखि उद्घाटन कार्यक्रम हुन्छ भनेर आएका सहभागीहरु बस्दा बस्दा र भासण सुन्दा सुन्दै १५ घन्टा सम्म दिक्क भएको मौका छोपेर राती १२ बजे तिर बिधान र ९ बजे तिर आर्थिक प्रतिबेदनमा छलफल बिना नै पारित गरियो । यसमा नियत लुकेको थियो भनेर शंका गर्ने ठाउँ प्रसस्तै छ,  एक जना उपाध्यक्ष भन्दै हुनु हुन्थ्यो सहभागीहरुलाई यो प्रस्ताव शुरुमा ल्याउने हो भने न यो बिधान पास हुन्छ न आर्थिक प्रतिबेदन । आखिर संस्था नै रहन्न , सबैलाई नथकाइ यो प्रस्ताब ल्याउनै हुन्न यो संस्था र पार्टी चलाउने उत्तम काइदा हो ।

दृश्य ९

बेलुका ८ बजे देखि हुने भनिएको साँस्कृतिक कार्यक्रम राती सबा १० सम्म शुरु नभएपछि सहभागी द्वारा नै आयोजक लाई दबाब दिनु परेको थियो । सबैले दवाव दिएपछि बल्ला बल्ल कार्यक्रम सुरु भएको थियो

दृश्य १०

यो कार्यक्रमम परराष्ट मन्त्री अउनु पर्ने थियो उनले चासो देखाएनन् । लौ ठिकै छ परराष्ट मन्त्री त आएनन् तर बिगतमा अमेरिकाको आइसिसी निर्वाचनको संघारमा हुने साधारण सभामा लर्को लाएर आउने अध्यक्ष देखि आइसिसी पदाधिकारी अहिलेको यो कार्यक्रममा कोहि पनि न आउनुले पनि एन आर एन अमेरिकामा केही खिचडी पाक्दै छ भन्ने आभास दिथ्यो ।

दृश्य ११

अर्को रमाइलो पक्ष त यो रह्यो कि बिगतमा अमेरिकामा हुने एन आर एन का कार्यक्रममा मनग्य उपस्थित हुने पत्रकार यो पटक एकाध बाहेक कोहि आएनन्। साधारण सभाको न्युज पनि एकाध बाहेक कसैले प्रेशित गरेन ।

दृश्य १२

अझ रमाइलो पक्ष त के देखियो भने यहिँ रहेर सामाजिक हितमा काम गरिरहेका पदिय र सामाजिक सेवामा सम्मानित ब्यक्तीलाई ग्रहण नगराईएको आसनमा नेपालमा रहेका नेताहरुका पियहरुलाई आसन ग्रहण गराईयो ।

दृश्य १३

संस्थामा धेरै समस्या छन धेरै बिषयमा सुधार्नु आबश्यक छ, मैले हारेपनि संस्थाप्रति जिम्मेवार छु भनेर चुनाबमा भासण गरेर नथाक्ने अध्यक्ष पदका प्रत्यासी सुर्य लम्सालजी साधारण सभा मै देखा नपर्नु अर्को उदेक लाग्नु पक्ष रह्यो भने । उपाध्यक्षहरु , महासचिव, सचिब र ट्रेजरर, युथ र महिला कोअर्डिनेटर र आइसिसिका उम्मेद्वार रहेका (उपबिजेताहरु) जिम्मेवार भएर पनि एन आर एन लाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारे बहस छलफल गर्ने उपर्युक्त थलोमा नदेखिनु चुनाबको बेला गरेका वाचा केबल हात्तीका खाने र देखाउने दात अलग हुन्छन भने जस्तै देखाउने दात मात्र भएको पुष्टि भएको छ ।

दृश्य १४

एन आर एन बिदेशमा बस्ने नेपालीको अभिभावक संगठन हो यसले केन्द्रिय ,क्षेत्रीय स्तरमा रहेका र स्थानिय स्तरमा रहेका सनगठनहरुको अभिभावकको भुमिकामा रहनु पर्ने एन आर एनको घोषित उदेश्य कै बर्खिलाप भयो कि भन्ने बहश पनि साधारण सभामा भयो ।बक्ताहरुले ए एन ए ३६ बर्ष देखि एउटै मितिमा हुने गरेको सम्मेलम हाल बाल्टिमोर सम्मलेन संग एन आर एन साधारण सभा जुधाएर किन गरियो ? भन्ने भनाइको जबाफ आयोजकबाट यति धेरै दिइयो कि सहभागीहरुको सन्काको पारोलाई ह्वात्तै बढाइ दियो । अमेरिकाको एनआरएनमा राजनितीले समाजलाई जोड्ने भन्दा पनि बिभजित गरिरहेको अनुभुती गरायो भन्नेहरु प्रसस्तै भेटियो ।

दृश्य १५  

नेपालमा कम्युनिस्टहरुको दुईतिहाइ सरकारले प्रतिपक्षी पार्टीलाई पेल्यो अब हामीले कम्युनिस्टहरुलाई अमेरिकामा बदला लिनु पर्दछ भन्ने इगो अमेरिकामा रहेका स्तर उठेका भन्ने काग्रेस कार्यकर्ता देखि कांगेस्र बुझ्दै गरेका नव प्रबेशी हरुमा ब्याप्त रहेको देखियो । उनिहरुलाई थाहा नभएर त होइन कि एन आर एन मा सदस्यता शुल्क र नेपालमा कर एउटै एउटै हो । यस्तै बिचारले प्रसय पाउदै गयो भने भोलि एन आर एन नामको अमेरिकामा एउटा अर्को जन सम्पर्क समिती बन्ने छ ।

सम्पूर्ण भनाइ र बिचार लेखक स्वयंका हुन् ।

Comments

comments