मेकअप आर्टिस्ट तारा केसी द्वारा मध्य बानेश्वरमा जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन संचालनमा

35

काठमाडौं : चर्चित मेकअप आर्टिष्ट तारा केसी कार्कीले आफ्नो जन्मदिनको अबसरमा मध्य बानेश्वरमा ‘जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन संचालनमा ल्याएकी छिन । प्रमुख अतिथि संचारकर्मी तथा कलाकार सुर्य चन्दको उपथितिमा सौन्दर्यबिद तारा केसी कार्कीको माता चम्पा कला केसी खतिवडा द्वारा रिवन तथा केक काटि जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन उद्घाटन गरिएको थियो । उक्त अबसरमा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

सौन्दर्यविद, मेकअप आर्टिस्ट तारा केसी कार्की द्वारा सञ्चालित जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि देश बिदेशमा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुनमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिने जानकारी उनले बताइन ।

Comments

comments