काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अर्बको खाद्यान्न निर्यात गर्ने अवस्थाबाट आयात गर्ने अवस्थामा कसरी पुगेको प्रति चिन्ताव्यक्त गरेका छन्। चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त कार्यक्रममा बोल्दै उनले आजको अवस्थामा देशले अर्बको खाद्यान्नआयात गर्नु पर्ने अवस्था पुगेको भन्दै दुःखव्यक्त गरे । उनले भने ‘ कहाँ छ त्रुटि ?आफ्नो अर्ग्यानिकउत्पादनको ऐतिहासिक विरासत र अस्तित्वकिन जोगाउन सकेनौँ ?यसमा कृषिवनअध्ययन पढेका विद्यार्थीको विशेष ध्यानजान जरुरी छ ।’ उनले नेपालको शिक्षाव्यवहारिक नभएको सङ्केत गरेका उनको प्रश्न छ, निर्यातबाट आयातको अवस्थामामुलुक कसरी पुग्यो ?
‘हामीविद्यालय, महाविद्यालय धेरै स्थापनाभएहामी धेरै नेपाली शिक्षित भयौँ तर हामी कृषिका विद्यार्थीहरूले विचार गर्नुपर्ने कुरा के छ भने हामीले ५०÷६० वर्ष पहिलेसम्म हामीकहाँ यस्ता विश्वविद्यालयहरू थिएनन् । हामीकहाँ स्नातकोत्तरहरू पनिथिएनन् तर हाम्रा किसानहरूले अर्ग्यानिक खेतीमार्फत खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएन । बरु हामीले खाद्यान्न निर्यात गथ्र्याै , तर अहिले हामी हजारौँ हजार स्नातक र स्नातकोत्तर भएर पनिहामी अर्बको खाद्यान्नआयात गर्नुपर्ने ठाउँमा किनगयौँ ।’ यस विश्वविद्यालयले देशको सात वटै प्रदेशमा क्याम्पसहरू स्थापना गरेर आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको भन्दै यहाँबाट बाहिरिएका विद्यार्थीहरूले देशको कृषि क्षेत्र विकासको लागिकाम गर्नुपर्ने बताए ।
उनले उच्चशिक्षामा सुधार गरेर युवाहरूलाई विदेश जानबाट रोक्नु पर्ने कुरामा जोड दिएका छन् ।
प्रतिक्रिया