US Khabar

मिटरब्याज पीडितका हरेक पाइलामा मधेस सरकारको साथ छ : मुख्यमन्त्री यादव

- USKHABAR | २ महिना पहिले प्रकाशित

मिटरब्याज पीडितका हरेक पाइलामा मधेस सरकारको साथ छ : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितलाई मधेस सरकारको साथ र समर्थन रहेको बताएका छन् । बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै उनले, मिटरब्याजी पीडितको हरेक पाइलामा मधेस सकारको साथ रहेको भन्दै नागरिकलाई मिटरब्याजीबाट बचाउन ठोस कार्यक्रमल्याउने प्रतिबद्धता जनाएका छन् । ‘विदेश जानवाअध्ययनगर्न वाअन्य भै परि गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीतिबनाउन जरुरी छ ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले मिटरब्याजीमधेस प्रदेशको मात्रनभई पूरै देशको समस्याभएको भन्दै समाधानकालागि विज्ञ, चिन्तक, योजनाविद्, सबैलाई आव्हान गरेका छन् ।

‘हामीजिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनितथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्याहो । गरिब झन् गरिब हुने, भएको सम्पत्ति समेत स्वाहाहुने राष्ट्रिय समृद्धिको बाधक यो समस्या विरुद्ध संयुक्त रूपमा लड्न म मधेस प्रदेश सरकारको तर्फबाट सारा विद्वतवर्ग, चिन्तक, योजनाविद्, विज्ञहरूलाई आव्हानगर्दछु ।’ उनले शोषणविरुद्ध केन्द्र, राष्ट्र बैङ्क तथाप्रदेश समेतले मिलेर संयुक्त रूपमाकामगर्न, विशेष अधिकार सम्पन्नआयोग खडा गर्न जरुरी भएको भन्दै आमजनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्ने कुरामाजोड दिएका छन् । उनले विज्ञप्तिमा केन्द्र सरकारले मिटरब्याजीलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!