अमेरिकाका ४ राज्य हेर्न नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तदर्थ समिति गठन भएको छ । अमेरिकाको डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानिया राज्य हेर्न मिलन राईको नेतृत्वमा डिएमभीपी च्याप्टर गठन भएको हो ।

डिएमभीपको सम्पन्न भेलाले मिलन राईको नेतृत्वमा डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया च्याप्टरको सदस्यमा क्रमस: हर्क राई, कुशुम राई, चक्र राई र प्रितम राई रहेका छन् ।

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पूर्व केन्द्रीय सभापति तथा जनजाति महासंघका सल्लाहकार र युनाइटेड किरात राई अर्गनाइजेशन सल्लाहकार समेत रहेका मिलन राईले सबै नेपालीको प्रतिनिधित्व रहने गरि डिएमभीपी कमिटिलाई छिट्टै पूर्णता दिने बताएका छन् ।

 

Comments

comments