अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजदूतले डारकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ‘असक्षम, असुरक्षित र अयोग्य’ भएको बताएका इमेलहरू सार्वजनिक भए संगै विवादमा तानिएका डारकले अन्तत आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

सर किम डारोकले विदेश मन्त्रालयलाई लेखेका इमेलमा ट्रम्प नेतृत्वको ह्वाइटहाउस ‘अद्वितीय रूपमा बेकामे र विभाजित’ भएको दाबी गर्दै अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि चेतावनी दिएका थिए ।राजदूत डारोकले लेखेका इमेलहरू बेलायती अखबार मेलले सार्वजनिक गरेको थियो । बेलायती विदेश मन्त्रालयले ‘त्यसरी इमेल चुहाएर अखबारले बदमासीपूर्ण कार्य गरेको’ जनाएको थियो ।

अखबारले सार्वजनिक गरेका इमेलमा डारोकले ट्रम्प प्रशासन सक्षम हुने सम्भावनामा शंका व्यक्त गरेका छन्। डारोकले इमेलमा लेखेका छन्, ‘ट्रम्प प्रशासन बिस्तारै सामान्य, कम बेकामे, कम अप्रत्याशित, कम विभाजित र कम अक्षम हुने हामीलाई कुनै विश्वास छैन।’

मेल अखबारद्वारा सार्वजनिक इमेलहरूमा अमेरिका र बेलायतबीच जलवायु परिवर्तन, प्रेस स्वतन्त्रता र मृत्युदण्डका विषयमा विवाद उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ।

डारोकले गत महिना लेखेको एक इमेलमा अमेरिकाको इरान नीति ‘अराजक’ भएको दाबीसमेत गरेका थिए। ‘१ सय ५० जनाको ज्यान जाने भएकाले १० मिनेटअगाडि इरानमाथि आक्रमण रोकेको’ ट्रम्पको भनाइ हावादारी भएको डारोकको भनाइ थियो ।

डारक डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नु एक वर्षअघि सन् २०१६ मा अमेरिकाका लागि राजदूत बनेका थिए ।

Comments

comments