अमेरिकाका केही राज्यमा अपरिाधिक गतिविधी बढ्दै गएपछि ति राज्यहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने निर्णय गरिएको छ । जनताको शान्ति शुरक्षाको कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका ४ राज्यमा संघीय सुरक्षाबल तैनाथ गर्ने निर्णय गरेका हुन् ।
जर्ज फ्लोइडको हत्या प्रकरणको बिरोधको आडमा अझै पनि बिभिन्न अपराधिक गतिबिधी भएको भन्दै ट्रम्पले अमेरिकाका न्युयोर्क, फ्लोरिडा, लस एन्जलस र मिलवाकी राज्यका शरहरुमा सुरक्षा बल तैनाथको निर्णय गरेका हुन् ।
यि शहरहरुमा बन्दुक आतंक बढेपछी जनताहरुमा त्रासदी थपिएकाले सो क्षेत्रमा सुरक्षा बलको अवस्यकता परेको उनले बताएको छन् । यता ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा सुरक्षा बलका कारण जनतामा सुरक्षा भन्दा पनि स्वतन्त्रता दमनको आभाषा भएको र यसले प्रर्दशन झनै उत्तेजक बनेको आरोप लागिरहेको छ ।
आलोचकहरुले राष्ट्रपति ट्रम्पले आफनो चुनावी अभियानमा सहयोग पु¥याउने उद्देश्यले यो निर्णय गरेको टिप्पणी गरेका छन् ।
गत २५ मेमा जर्ज फ्लोइडको प्रहरीद्वारा नै घाँटी थिचेर हत्या गरिएपछि सुरु भएको आन्दोलन अझै पनि अमेरिकाका केही राज्यमा पूर्ण रुपमा बन्द भै सकेको छैन । आन्दोलनको आडमा थुप्रै पसलहरुमा समेत चोरी र लुटपाट र बन्दुक आतंकका कारण सबै साधारणमा त्रासदी रहेको पाईन्छ ।
यता ट्रम्पको यस निर्णयको बिरोध गर्दै राष्ट्रपति निर्वाचनमा आफ्ना प्रत्यासीका रुपमा रहेका जो बाईडेन र उनको दल डेमोक्रेटिकको पकड क्षेत्रलाई निशाना बनाएर ट्रम्पले संघिय सुरक्षाबल तैनाथी गरेको आरोप डेमोक्रेटिक समर्थकहरुले लगाएका छन् । (एजेन्सी)
प्रतिक्रिया