काठमाडौं- यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’असोज १० गते प्रदर्शन गरिने भएको छ ।

यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति तय गरिएको थिएन ।

चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देख्न सकिनेछ । फिल्मको छायांकन नसकिँदै विदेशी राइट्स एक करोडभन्दा बढीमा विक्री भएको यो फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् ।

फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चर्चाका हिसाबले यो फिल्मले दर्शकको ध्यान तान्ने देखिए पनि यो मितिमा अर्को फिल्म ‘घामड शेरे’ पनि पद्रर्शनमा आउने सम्भावना छ ।

Comments

comments