US Khabar

अर्थतन्त्र सुधार्न कृषि उत्पादन बढाउनुपर्छ : मन्त्री भुसाल

- USKHABAR | २ महिना पहिले प्रकाशित

अर्थतन्त्र सुधार्न कृषि उत्पादन बढाउनुपर्छ : मन्त्री भुसाल

काठमाण्डौं । कृषि तथा पशुपञ्छि विकास मन्त्री बेदुराम भुसालले देशमा कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् , मन्त्री भुसालले देशलाई उन्नति तर्फ अगाडि बढाउन कृषि क्षेत्रमा लगानी र उत्पादन बढाउनुपर्ने बताए । नेकपा एकीकृत समाजवादी चागुनारायण नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भुसालले भने ‘देशमा उत्पादन बढाउनुपर्ने छ, त्यसको लागि कृषिमा आधुनिकीकरण आवश्यक छ, तर देशमा धेरै बाँझो जमिन रहेको कारणले हाम्रो उत्पादन क्षमता कमजोर भएको छ ।’ उनले थपे ‘हाम्रो देशका ५० प्रतिशत भन्दा बढि जनता कृषि पेसामा आवद्ध छन्, तर देशको जिडिपिमा कृषिको २३ मात्रै योगदान रहेको छ, यति धेरै असन्तुलन भएकोले देशको अर्थतन्त्रमा नोक्सान पुगेको छ ।’

कृषि नै देश र अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै मन्त्री भुसालले भने कृषि क्षेत्रमा नितिगत समस्याहरु छन् । त्यो समस्याहरु समाधान गर्न इमान्दारीकासाथ मेरो प्रयास रहने छ । पहिले धेरै गफ गर्नु भन्दा काम गर्नु उपयुक्त हुने बताउँदै उनले भने ‘म धेरै गफ या भाषण गर्दिनँ, काम गर्न सक्ने मात्रै बोल्छु, र काम गर्छु ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!