अरु बेला स्टुडियो र बिभिन्न कार्यक्रममा भेटिने गायक तथा संगीतकार राज सागर जुलाईको पहिलो साता सडकको फोहोर बटुल्दै र योग साधनामा भेटिए । उनि संगै थिईन् गायिका अन्जु श्रेष्ठ पनि । दृश्य जिल्ला समन्वय समिती बबरमहल परिसरको हो ।

जुलाई १ तारिखबाट जिवीस काठमाडौको हलमा सुरु भएको आर्ट अफ लिभिङको ह्यापीनेस प्रोगाममा सहभागी भएका यि गायक गायिकाले जीवन जीउने कला र खुसीहरुबारे १ हप्ता लामो प्रशिक्षण लिएका थिए ।

तनाव र हिंसा मुक्त समाज निर्माणका लागि भारतका प्रसिद्ध आध्यात्मिक नेता एवं मानवतावादी धर्मगुरु श्री श्री रविशंकरले सुरु गरेको यो अभियानका अनुयायीहरु नेपाल, भारत, अमेरिका लगायत विश्वका १५० भन्दा बढि देशहरुमा ठुलो संख्यामा रहेका छन् । चैतन्य जाग्रीती ध्यान, सुदर्शन क्रिया जस्ता अत्यन्त महत्वपुर्ण योग साधना र प्रवचन बोकेको यो अभियानले मानविय जीवनको महत्वलाई कलात्मक रुपले बुझाउँदै आएकाले पनि आर्ट अफ लिभिङ प्रतिको आकर्षण दिनानु दिन पढ्दै गएको छ ।

यस पटक नेपालमा राखिएको कार्यक्रममा सहभागी भएका गायक राज सागरले यो अभियानले मानविय जीवनको महत्व, अर्थ र दाहित्यलाई अत्यन्त कलात्मक रुपमा सन्देश प्रवाह गरिरहेकाले आफु यो अभियानसंग जोडिएको बताएका छन् । उनका अनुसार यो फगत योग साधना मात्र नभई एउटा बिसाल जीवन दर्शन भएकाले उनि यसप्रति प्रभावित भएका हुन् ।

नेपालका लागि रिया थापाले प्रशिक्षण दिंदै आएको यस अभियानमा बाक्लो संख्यामा बिभिन्न पेसा आवद्ध ब्यक्तीहरुको सहभागीता रहँदै आएको छ । जीवन दर्शन सम्बन्धी भजन, योग प्रवचन लगायतका बिभिन्न कार्यक्रम समेटिने हुँदा यसका सहभागीहरु अत्यन्न खुसी देखिन्छन् । पारिवारिक र मानविय सम्बन्धको महत्व समेत बुझाईने हुँदा सहभागीहरु यो प्रशिक्षणबाट फर्किएपछि सामाजिक सेवाभावमा अत्यन्त क्रियाशिल रहँदै आएको प्रशिक्षक रिया थापा बताउँछिन् । प्रशिक्षणमा सहभागी गायिका अन्जु श्रेष्ठले पनि यस प्रशिक्षणले आफुमा धेरै कुराको परिवर्तन आएको बताएकी छन् । बिषेशत मान्छे भएर जन्मेपछि अन्य प्राणिप्रति समेत दाहित्व रहने र ठुला तनावलाई समेत सामान्य रुपमा लिन सक्ने क्षमता अभिबृद्धी भएको उनको बुझाई छ ।

 

 

 

Comments

comments