नेपाली लोक गायनमा दशकौं लामो समय देखी निरन्तर सक्रिय गायक राम प्रसाद खनालको नयाँ गीत ‘घर घरको कहानी ‘सार्वजनिक भएको छ । गायक खनाल स्वयं कै शब्द र थानेश्वर गौतममा रहेको घर घरको कहानी गीत भिडियो सहित आज सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका प्रस्तुती घर घरको कहानीमा नेपाली समाजको पारिवारिक र समाजिक संरचना र सोच र सम्बन्धलाई कलात्मक रुपमा चित्रण गरिएको छ । आशिष अविरलको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायक राम प्रसाद खनाल स्वयं अभिनयमा देखिएका छन् भने सुरबीर पण्डित, मन्जु पौडेल, पदम पौडेल, श्रीमती पौडेल, सरस्वती तिमिल्सिना, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, ईन्द्र जिसी, बिमल राज क्षेत्री, राजु पौडेल (राजु मास्टर), बिनोद केसी, लेखान्त भुसाल, सरस्वती फुयाल, यम क्षेत्री, अमृता लुँगेली मगर, नबिन पौडेल, ध्रुब ज्ञवाली, साबित्रा पौडेल बाशीस्थ, जानकी ज्ञवाली, भीमा पौडेल नेपाल, महादेब अर्याल र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

कलाकार शिवहरी पौडेल अतिथी निर्देशक रहेको यस गीतको भिडियोलाई प्रकाश भट्ट ले निर्देशन गरेका हुन् भने भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । नेपाली लोक गायनमा दशकौं लामो निरन्तर सक्रियता बोकेका गायक खनाल लामो समय देखि अमेरिकामा रहँदै आएका छन् ।

 

Comments

comments