पछिल्लो समय नेपालमा पनि सम्बन्ध विच्छेद सामान्य बन्दै गै रहेको छ । किशान दम्पती देखी चर्चित ब्यक्तीहरु सम्मको सम्बन्ध बिच्छेदलाई र दोस्रो बिबाहलाई नेपाली समाजले हार्दिकता साथ नस्वकारेपनि धेरै समाजले यो कुरा बिस्तारै मान्दैछ । यो यो सकारात्मक कुरा हो । तर नेपालमा उहि दम्पतीले फेरी एक अर्का संग नै बिबाह गरेको घटना बिरलै सुन्नमा आउँछ । यस्तै भएको छ अर्घखाँचीको छत्रदेव गाउँपालिकाको एक परिवारमा । एक दम्पतीले बिबाह गरेको १७ दिनपछि फेरी बिबाह गरेका छन् ।

छत्रदेव गाउँपालिका १ का लीलामणी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ की जमुना पौडेलले आपसमा संगै बस्न नसक्ने भन्दै सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि विहे गरेका छन् । असार ५ गते जिल्ला अदालत अर्घाखाँची सम्बन्ध विच्छेद गरेका लीलामणी र जमुनाले सम्बन्ध बिच्छेद गरेपछि आफुलाई गल्ती गरेको महसुष भएको, ६ बर्षको छोरालाई पनि बुवा आमा दुवै चाहिने, अरुको बहकाउमा आएर सम्बन्ध बिच्छेद गरेको भन्दै फेरी कोट म्यारिज गरेर संगै बस्न थालेका छन् ।

जिल्ला अदालत अर्घघाँचीमा १७ दिन पहिले सम्बन्ध बिच्छेद गरेका उनिहरुले पुन अदालतमा पुगेर आफुहरु संगै बस्न चाहेको बताएपछि उनिहरुको पुर्न मिलन गराईएको हो ।

 

Comments

comments