फोब्र्सले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा नेपाली महिला गल्फर प्रतिमा शेर्पा सुचिकृत भएकी छन् । फोब्र्सद्वारा सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स विधामा नेपाली गल्फर शेर्पा सुचिकृत भएकी हुन् ।
हल अध्ययन र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहँदै आएकी शेर्पासंगै अन्य ५ जना नेपाली यस सुचिमा सुचिकृत भएका छन् । तर खेलाडीका रुपमा प्रतिमा शेर्पामा रहेकी छन् भन्य अन्य ६ जना युवा ब्यवसायि रहेका छन् । सुचिकृत अन्य ५ जनामा निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी रहेका छन् ।
अमेरिकाको ससान्टा बारबार सिटीमा अध्यनन रत प्रतिमा शेर्पा नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने लक्ष्यका साथ अघि बढिरहेकी खेलाडी हुन् ।
प्रतिक्रिया