US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु – मृतकको संख्या ४४ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु – मृतकको संख्या ४४ पुग्यो

नेपालमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट शुक्रबार पर्साको वीरगञ्जकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको मृत्यु संगै नेपालमा कोरानो संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने १८ हजार ३ सय ७४ जना संक्रमित भएका छन् ।

यसअघि बिहिबार वीरगन्जको माइस्थानका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको मृत्यु भएको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!