कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको ज्यान गएको छ । कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा शुक्रबार राति १० बजे भएको सो आगलागीमा परि सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कामी र गौरी दर्जीको ज्यान गएको हो ।

ग्यास पाइप लिक हुँदा भएको आगजनीमा परि मृत्यु भएकाहरुको प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने कुवेत स्थित नेपाली दुतावसले जनाएको छ ।

दुतावासका अनुसार मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छर अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भए नभएकोबारे जानकारी आउन बाँकी नै छ ।

 

Comments

comments