काठमाडौं- प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र बिक्रम चन्द विप्लवले अविरल वर्षापछिको बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले बाढीपहिरोको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ ।

मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानसँग टाँसिउर बनाइएका विशाल सडकहरुका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको विप्लवले जनाएका छन् ।

बिज्ञप्ति

Comments

comments