काठमाडौं- अमेरिकामा बसेर लामो समय देखि नेपाली गीत संगीत र कला क्षेत्रमा निरन्तर काम गरिरहेका गायक, गीतकार तथा संगीतकार कृष्ण राईको सिर्जनामा तयार “हिजो आज यो मन किन” बोलको गीतको म्युजिक भिडियोको पहिलो पोस्टर सार्वजनिक भएको छ ।

द आर.जी.टि फिल्म्सको प्रस्तुतिमा अब केहि दिनमा नै यस गीतको भिडियो बजारमा रिलिज गरिने उनको भनाई रहेको छ ।

भिडियोमा अन्जु सुब्बा, कृष्ण राई र आशिष श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायांकन अमेरिकामा गरिएको हो ।

Comments

comments