बिबाद र चर्चामा रहेकी गायिका तथा मोडल ज्योति मगर र पछिल्लो समय दशर्कको राजाईमा परेका मोडल लोमश शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रिती आले र प्रेम सापकोटा सोनुको स्वरमा रहेको तिज गीत ‘गीलास ठोक्काउने’ ज्योति र लोमसको अभिनयमा सार्वजनिक भएको हो ।
समिर प्रकाश पाण्डेको शब्द र गायक प्रेम सापकोटा स्वयंको संगीत रहेको यस गीतमा आधुनिक जमाना अनुसारको तिज मनाउने तयारीका बिषयमा गरिएको संवाद सन्धर्व रहेको छ । मदिरा, धुम्रपान लगाएताका दृश्य समाविष्ट गीतको भिडियोमा चेलीले रुंदै होईन उल्लास र रमाईलो पूर्वक तिज मनाउनु पर्ने प्रशंग उल्लेख छ ।
स्मृती तिमिल्सिना गुरुआमाको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकास धमलाको रहेको छ ।
प्रतिक्रिया