धिरज अधिकारी ( उजेश नेपाल )

दाङ , हाल अमेरिका ।

 

के तपाईंले कहिल्यै रोकेर एक पटक आफ्नो वरिपरि अनि यो हाम्रो संसारमा के भएको छ भनेर सोच्नु भएको छ? लगभग सबैले सोच्नु भएको होला भन्ने मलाई लाग्छ। तर साँच्चै भन्दा, हामी अहिले के चलिरहेको छ त्यसका बारेमा सोच्छौ र कुरा गर्छौ त्यसपछि फेरि हामी सबै कुरा बिर्सन्छौँ। यस संसारका नागरिक हुनाले हामीले यसको ख्याल राख्न र यसका निम्ति लागिपर्न आवश्यक छ। किनकी जे कुरा हामी गर्छौं या गर्दैनौं ?, त्यो सबै कुराले हाम्रो संसारको भविष्य र हाम्रो आउँदा पिडिलाई असर पार्नेछ। हामी सबैले ध्यान दिनुपर्छ, आफ्नो ठाउँबाट गर्न सक्ने कुरा गर्नुपर्छ अनि आफ्नो भविष्यको लागि बोल्नु पर्छ।

हो, हामी सबै एक भएर उठन र बोल्न सक्नुपर्छ। हाम्रो पृथ्वी परिवर्तनशिल छ अनि परिवर्तनको गति दिनानुदिन बढ्दै छ भन्ने कुरा हामी सबैलाई अवगत नै छ। हामी मानव नै यसका मुख्य कारण हौ। हाम्रो ध्यान र प्रगति सम्पूर्ण हाम्रो जीवनलाई सहज बनाउने कुरामै आधारित छ। तर, कति मूल्यमा ? हामी हाम्रो पृथ्वीलाई नष्ट गरिरहेका छौँ।

हामीले कति प्राणीहरुलाई लोप गराइसकेका छौ, हाम्रो आफ्नै पृथ्वीलाई फोहोर बनाएका छौँ, हाम्रो भूमी परिवर्तन गरी विश्वका धेरै वनजंड्गलहरू बिनास गरेका छौँ। हामीलाई यो पनि थाहा छ कि यो हाम्रो पृथ्वीको गल्ती होइन, हाम्रो हो।

शिक्षा हरेक कुराको चाबी हो। हामी सबैले एक अर्कालाई कसरी शिक्षित बनाउन सक्छौँ भन्ने कुरा जान्न आवश्यक छ। समस्याको समाधान गर्न र हाम्रो आफ्नो पृथ्वीलाई सब्य गराउन हामीले सम्पूर्ण देश्हरूसंग कुरा गरि अनि उनीहरुलाई पनि सामेल गर्न जरुरि छ। यसो गरेपछि हामीले वातावरण परिवर्तनका कारण विकसित र विकासोन्मुख मुलुकका मनिसहरूमा परेको प्रभाब बुझन सक्छौ।

हामीले जे गर्छौँ त्यसले नेपालका कृषक समुदाय देखी लिएर अमेरिकाका धनी उपनगर सम्म सबैलाई असर गर्दछ भन्ने कुरा बुझनेछौँ। अविकसित देशका मानिसहरुलाई सबैभन्दा बढी पिडा हुने कुरालाई हामी नकार्न सक्दैनौँ।

जब बिनाशक प्राकृतिक प्रकोपहरु जताततै आइ पर्न थाल्छन्, प्रविधिमा अगाडी रहेका विकसित मुलुकहरु त केही क्षतिका साथ बाँच्न सक्षम होलान्। तर अविकसित मुलुकका ती गरिब जनतहरुको के हालत होला? त्यो पक्कै पनि हामीले हेर्न चाहेको दृश्य हुनेछैन। प्रकृतिलाई कुनै पनि ठाउँ विनास गर्नका लागि त्यहाँ पुग्न कुनै प्रकारको भिसा आवश्यक पर्ने छैन। बाढी , वन आगलागी, खडेरि, आधिबेरि, र तुफान केहि मात्र विनासक प्रकृतिक प्रकोपहरू हुन जसले तीब्र गतिमा हामीलाई हाम्रो भविष्य देखैइ रहेका छन ।

विश्वका सम्पूर्ण मनिसहरू यसको असर खेपिरहेका छन्, विषेस गरी विकासोन्मुख मुलुकका मनिसहरु यस्का बिरुद्दमा अघि बाढदा आउने चुनौतिलाई हामीले स्वीकार गर्न आवश्क छ। हामीसँग अझै पनि समय छ। यो कुनै सहज कार्य हुने छैन भन्ने कुरा जानीजनी पनी हामी सबै हाम्रो भविष्यका लागि एकजुट भएर उठ्न आवश्यक छ ।

विश्वका सम्पूर्ण मनिसहरुलाई हामीले शिक्षित बनाउन जरुरी छ। हाम्रो पूथ्वीलाई के भइरहेको छ भन्ने कुराको जानकारी सबैमा छाओस्। यो ज्ञानले पक्कै पनि हाम्रो बनीमा परिवर्तन ल्याउनेछ अनि भोलिका लागि सुन्दर भविष्य निर्माण हुनेछ ।

हामी आफुले आफ्नो ठाउँबाट गर्न सक्ने काम आफैँ गरौँ अनि परिवर्तनका लागि विश्वका सम्पूर्ण मनिसहरुलाई एक गराऔँ। एक भयौँ भने हामी पक्कै हाम्रो पृथ्वी र भविष्य दुबै बनाउने छौँ ।

सम्पूर्ण विश्वको लागि मेरो प्रश्नहरु: “मनिस भएर तपाई के गर्दै हुनुहुन्छ ?”,

“पाँच वर्ष पछि हामीले बनाउने र हेर्न चाहेको भविष्य के हो ?”,

“तपाई के परिवर्तन हेर्न चाहनुहुन्छ अनि त्यसले कसरी हाम्रो आउने पुस्ता र पृथ्वीका लागि सुन्दर भविष्य दिलाउने छ ?”

कृपया यो लेख सम्पूर्ण विश्व बासिमा सेयर गरिदिनु होला ताकि हामीले हाम्रो सुन्दर पृथ्वी र भविष्यका लागि चुनौती स्वीकार गरेको कुरा सम्पूर्ण विश्वलाई थाहा होस्।

Comments

comments