गायिकारोशनी थापाको ‘नछाम यो धड्कन’ बोलको गीत सार्वजनिक भएको छ । हेम सुवेदीको शब्द तथा ठाकुर प्रताप दुलालको संगीतमा रोशनीको यो गीत अनप्लग भिडियो सहित सार्वजनिक भएको छ ।
प्रमोद उपाध्ययको संगीत संयोजन रहेको यस गीतको अनप्लग भिडियोमा गायिका स्वयंलाई प्रस्तुत गरिएको छ । जसलाई कुमार केसीले छायांकन र टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।
प्रेम, अविश्वास, पिडा लगायतका भावमा मानविय स्वभाव समेतलाई प्रस्तुग गरिएको यस गीतकी गायिका रोशनी थापाका यस अघि तिमी छौ र, आँखामा गाजलु लगायत गीतहरु सार्वजनिक छन् ।
प्रतिक्रिया