विजय थापा ,डिसी ।

अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ । उनलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो । गत जुलाई १३ का दिन ५० -५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा उनलाई प्रथम पुरस्कार प्राप्त भएको हो ।

उक्त स्वर्ण पदक प्राप्त संगै उनि आगामी अक्टोबरमा आयरल्याण्डमा हुने आईपिएल प्रतियोगिताको लागि हुने पूर्व योग्यता (प्रि क्वालिफाई )भएका छन् । यो पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्प्रद्धामा प्रतियोगीको रुपमा जान पाइन्छ । उनि यस्मा योग्य भए पछि अब आयरल्याण्डको लागि तयारीमा जुटेका छन् ।

स्मरण रहोस ,भारत्तोलक कार्कीले ४४-४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा गत बर्ष सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा उनले स्वर्ण पदक समेत जिती सकेका छन् । अमेरिकाको एटलान्टामा सम्पन्न भएको प्रतियोगिता नै यस बर्ष आयरल्याण्डमा हुने छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् भने उनि २०१९ को आईपीएल प्रतियोगीतामा ड्रग टेस्टेडको रुपमा आयरल्याण्ड जाने छन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

यसै गरि उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक बिजेता समेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई यहाँ सम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिदै आई रहेका छन् ।

Comments

comments