अमेरिकी आदालतले ठगी आरोपमा एक नेपालीलाई काराबासको फैसला सुनाएको छ। अमेरिकामा नै रहेका ९ जना नेपालीलाई ठगी गरेका किशोर चौधरीलाई जिल्ला अदालत उत्तर क्यालिर्फोर्नियाले १ बर्ष १ दिनको कारावास सजायको फैसला गरेको हो ।

क्यालिफोर्नियामा रहँदै आएका चौधरीले ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएको छ । जेल सजाएँ सुनाईएका उनले जेल भित्रै रहँदा पनि प्रत्यक ३ महिनामा कम्तीमा २५ डलर तिर्नुपर्ने बताईएको छ भने जेलबाट छुटेपछि हरेक महिना ३ सय डलर वा आफ्नो कमाईको १० प्रतिशत अपराधी नियन्त्रण आर्थिक बिभागलाई बुझाउनुपर्ने फैसला गरिएको छ । सो रकमबाट नै अमेरिकी सरकारले ठगीमा परेका पिडितको रकम फिर्ता गर्दै जाने छ ।

चौधरीले ठगी गरेको पुष्टी भएपछि उनलाई जुलाई ९ मा क्यालिफोर्नियामा रहेको कारागारमा उपस्थित हुन आदेश दिएको भएपनि घरायसी ब्यवस्था मिलाउनुपर्ने भन्दै चौधरीले अदालतसंग केहि समयको माग गरेपछि अदालतले उनलाई केहि समयपछि मात्र कारागार जाने आदेश दिएको छ ।

Comments

comments