बिहिबार साँझ धनगढीको सहिद गेट नजिकै एकजनाको मृत्यु हुनेगरी भएको बम बिस्फोटको जिम्मा नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समुहले लिएको छ । विप्लव समुहले सो घटनाबारे प्रेश विज्ञप्ती जारी गर्दै बम बिस्फोटमा मृत्यु भएका राम बहादुर सिंह ‘राजेश’ आफ्ना कार्यकर्ता भएको पृष्टी गरेको हो ।

जारी विज्ञप्ती अनुसार मृत्यु भएका सिंहले पार्टिको कामको शिलशिलामा आत्म सुरक्षाका लागि सो बिस्फोटक पदार्थ बोकेका थिए । विप्लव समुहले सो घटनामा मृत्यु भएका सिंहको परिवारमा समबेदना ब्यक्त गर्दै घाईतेहरुको उपचारको ब्यवस्था पार्टीले नै गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेको छ ।

सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले जारी गरेको सो विज्ञप्तिमा यस घटनाले सर्वसाधारण नागरिकमा पर्न गएको असहजता प्रति दुख ब्यक्त गरिएपनि यस घटनाको मुलकारण सरकार भएकाले यसको जिम्मेबारी केपी ओली सरकारले लिनुपर्छ भन्दै आक्रोस समेत ब्यक्त गरिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका घर भएका रामबहादुर सिंहको उपचारका क्रममा धनगढीस्थित मायामे मेट्रो अस्पतालमा मृत्यु भएको थियो भने घटनामा परि घाइते भएका विस्फोटमा परी घाइते भएका  कञ्चनपुरको बेल्डाँडीका लक्ष्मण सेराला, निलम होटलका सञ्चालक केशवराज पाण्डे, धनगढी उपमहानगरपालिका–४, का जितेन्द्र यादव र चटकपुरमा ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

जसमध्य लक्ष्मण सेरला  विप्लव समुहकै भएको प्रहरीको दावी रहेपनि विज्ञप्तीमा भने उनि आफ्नो कार्यकर्ता भए नभएको उल्लेख गरिएको छैन ।

Comments

comments