दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को अध्यक्षमा बिनय अर्यालले उमेद्वारी दर्ता गराएका छन् । अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका संचारकर्मी तथा व्यवसायी अर्यालले आफ्ना मुख्य प्रतिवद्धता सहित नासा अध्यक्षमा आफ्नो उमेद्वारी दिएका हुन् ।

नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्यालले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,बिभिन्न पेशामा संलग्न व्यक्तिहरु ,पूर्व अध्यक्षहरु ,विभिन्न संघर संस्थाहरुका पदाधिकारी लगायतको सरसल्लाह अनुसार आफुले अध्यक्ष पदमा उम्मेदारी दिएको बताएका छन् ।

चुनाव जित्नका लागि पुरा गर्न नसक्ने प्रतिवद्धता मतदाता संग राखेर झुटो आश्वासनमा निर्वाचित हुनुभन्दा आफुले पुरा गर्न सक्ने र नेपाली समुदायको भावनाको प्रतिनिधित्व हुने प्रतिवद्धताले मात्र सबैको भलो हुने बताउँदै आएका अर्यालले आफ्ना मुख्य ७ चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस्ता छन् अर्यालका प्रतिवद्धता

१ ) आफू अमेरिकाको डेमोक्रेटिक पार्टी भित्र जिम्मेबारीका साथ रहेर आफुले सिकेको ज्ञान र अनुभवलाई नासा क्षेत्र भित्र रहेका नेपाली समुदायका संस्थाहरु संग समन्वय गरि त्यो अनुभवलाई जानकारी दिई क्षमता भएका नेपालीहरुलाई उत्प्रेरित गरि मूल प्रवाहमा ल्याउन कार्यकमहरु संचालन गर्ने ।

२ ) नेपाली समुदायलाई अमेरिकी समुदायसंग समन्वय गरि नेपालीहरुलाई अगाडी बढाउन बिबिध समन्वयात्मक कार्यक्रमहरु संचालन गर्ने

३ ) विगतमा नासा मा रहेर योगदान गरिसक्नु भएका सम्पूर्ण अग्रजहरुलाई सम्मान गर्दै नयाँ पिढीलाई उत्साहित बनाइ नासा मार्फ़त सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरु संचालन गर्ने ।

४ ) हरेक नेपाली परिवार भित्र रहेको पहिलो पुस्ता र दोश्रो पुस्ताको बीचको अन्तरलाइ कम गर्न समन्यव गरि पहिलो पुस्तालाई नेपालीहरुको कला ,संस्कृति ,र सामाजिक अभियानमा सहभागी गराउन बिशेष कार्यक्रम नासा मार्फ़त अन्य नेपाली स्थानीय संस्था हरूसग समन्वय गरि संचालन गर्ने ।

५ ) नासा क्षेत्रका सबै सदस्यहरुलाई क्रियाशील बनाई सामाजिक कार्यमा सहभागी गराउन र नासालाई नेपाली समुदाय भरि कै प्रभावकारी संस्थाको रुपमा स्थापित गराउन कार्यक्रम संचालन गर्ने ।

६ ) नासा मार्फत नेपाली कला र संस्कृतिलाई अमेरिकामा जीवन्त राख्दै नेपालको विकास निर्माणमा समेत सहभागी हुन सबैलाई अभिप्रेरित गर्ने ।

७) हाल संचालन मा रहेको आकस्मिक कोषको निरन्तरता र वृद्धि गर्ने

 

Comments

comments