US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु -मृतकको संख्या ४५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु -मृतकको संख्या ४५ पुग्यो

नेपालमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट शुक्रबार पर्साको वीरगञ्जकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको मृत्यु संगै नेपालमा कोरानो संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने १८ हजार ३ सय ७४ जना संक्रमित भएका छन् ।

यसअघि बिहिबार वीरगन्जको माइस्थानका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको मृत्यु भएको थियो।

ति चिनियाँ महिला एक बर्षदेखि पोखरामा बस्दै आएकी थिईन् । उनी मुटुको बिरामी भएपनि केही दिनयता स्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेलिकप्टरमा ग्राण्डी अस्पताल ल्याइएको थियो। ग्राण्डीबाट शिक्षण अस्पतालमा रिफर गरिएकी उनलाई आइसियूमा राखेर उपचार भइरहेका बेला बुधबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!