US Khabar

अमेरिकाको ७२ घण्टे आदेशको जवाफ:  चिनद्वारा अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाको ७२ घण्टे आदेशको जवाफ:  चिनद्वारा अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश

चीनले अमेरिकी वाणिज्य दूतावासको कार्यालय वन्द गर्न आदेश दिएको छ । केही दिन अघि जवाफी कारबाहीको चेतावनी दिएको चीनले चीनको दक्षिण पश्चिम सहर चेङ्दुङ स्थित अमेरिकी वाणिज्य दूतावासको कार्यालय वन्द गर्न आदेश दिएको हो ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा अमेरिकाले हयूस्टन स्थित चनियाँ वाणिज्य दूतावास वन्द गर्न केहि दिन अघि दिएको आदेशको प्रतिशोधस्वरुप चीनले यस्तो कदम चालेको हो ।

केही दिन अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा स्थित चिनियाँ वाणिज्य दूताबास हटाउन आदेश दिएपछि चिनले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो। ट्रम्प प्रशासनले टेक्ससको ह्युस्टन स्थित दूतबास ७२ घण्टाभित्र बन्द आदेश दिएसंगै आक्रोशित बनेको चिनले जवाफी काराबाहीको चेतावनी दिएको हो ।

चीनको बिदेश मन्त्रालयले अमेरिकाले यस बिषयमा माफी माग्दै बिज्ञप्ती जारी नगरे जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो। अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले अमेरिकाले यो आदेश तुरुन्त रद्द नगरे परिणाम राम्रो नहुने भन्दै आक्रोस बयक्त समेत गरेको थियो ।
चिनियाँ दूताबास मार्फत देश बिरोधी गतिबिधी तीब्र बन्दै गएको भन्दै अमेरिकी बिदेश बिभागका प्रवक्ता मोर्गन आर्टागसले अमेरिकी बौद्धिक सम्पदा र आफना नागरिकहरुको सुरक्षाका लागि चिनीयाँ दूताबास बन्द गर्न आदेश दिएको जनाएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!