धर्मका नाममा अन्धविश्वासको ब्यापकताले गर्दा बेला बखत अप्रिय समाचार बाहिरिरहेका हुन्छन् । त्यस्तै भएको छ भारतको छत्तिसगढमा । भारतको छत्तीसगढ राज्यको कोरबा जिल्लाका लक्ष्मी प्रसाद नामका युवकलेआफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएका छन् ।

लामो समयदेखी आफुलाई शिवभक्त बताउँदै आएका ति युवकले शिव भगवानको नाममा आफ्नो जीब्रो काटेर चढाएका हुन् । आइतबार उनी परिवारलाई केही नभनी घरबाट निस्किएका थिए । उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गर्न थाले । उनी गाउँभन्दा बाहिर एउटा नालीको छेउमा खुला मैदानमा भगवान शिवको शिवलिंग लिएर बसेका थिए । उनीसँग परिवारले कुरा गर्ने प्रयास गर्दा उनले इशारामा जवाफ दिन थाले । उनि किन ईसाराले जवाफ दिन खोज्दैछन् भन्ने जान्न खोज्दा उनको जीब्रो काटिएको थाहा भएको थियो । लक्ष्मी प्रसादले आफ्नो जीब्रो आफुले लिएर बसेको शिव लिंगमा चढाएको भेटियो ।

घटना अन्धविश्वाससंग जोडिएको भएपनि यसबाट पाठ सिक्नुको साटो सो गाउँका मानिसहरु उल्टो यस घटनालाई चमत्कार मानिरहेका छन् र लक्ष्मी प्रसादलाई भगवान सम्झेर उनलाई नरीवल र फूल चढाउन थालेका छन् भने कोही उनि बसीरहेको ठाउँमा उनको सहजताका लागि पाल टेन्ट बनाईदिन थालेका छन् ।

Comments

comments