नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औँ स्मृति दिवस उनको योगदानको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व गरेका कोइरालाको राजनितीक र साहित्यक योगदानको कदर स्वरुप आज उनको स्मृती दिवस मनाईएको हो ।

भारतमा चलिरयाको भारतको स्वतन्त्रता आन्दोलनबाट राजनितीक यात्रा सुरु गरेका विपीले १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए । बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरेका उनले अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर लामो समय सम्म कानून पेशामा काम समेत गरेका थिए ।

नेपाली, हिन्दी भाषाका साहित्यकार हुन् उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । यौन मनोबिज्ञानलाई नेपाली साहित्यमा प्रवेस र प्रयोग गरेका विपीले उपन्यास तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहूदी,बाबु, आमा र छोरा कथा संग्रह दोषी चश्मा श्वेतभैरवी र जीवनी आफ्नो कथा जेल जर्नल लगायतका पुस्तकहरु प्रकाशित छन् ।

 

 

Comments

comments