कैलालीमा आफ्नै छोराले बृद्ध बावुको हत्या गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।

घरेलु झगडामा बावुको हत्या गरेका उदेले आमा नन्दे रावतलाई समेत गम्भिर घाईते बनाएका छन् । आईतबारी राती बावुको हत्या र आमालाई समेत घाईते बनाएर फरार रहेका उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ भने गम्भिर घाईते आमा नन्दे रावललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

 

Comments

comments