काठमाडौं, ६ साउन

थाइल्याण्डबाट १० नेपालीको उद्धार गरिएको छ । थाईल्याण्डको बैंकमा तालिम लिन भनि काठमाण्डौको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सी मार्फत थाइल्याण्ड पुगेका उनिहरु समस्यामा परेपछि नेपाली दूतावासले उनिहरुको उद्धार गरेको हो ।

खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका उनिहरुलाई दुसावासले नेपाल फिर्ता पठाएको छ । यस बिषयमा थाईलेण्ड स्थित नेपाली दुतावासले प्रेश विज्ञप्ती जारी गर्दै तालिम लिन आएका उनिहरुले आफुहरुले सम्झौता बमोजिन तालिम तथा सुविधा नपाएको भनि दुतावासमा निवेदन दिएका थिए र सोहि निवेदनको आधारमा साउन १ गते ३ जनाको र बाँकी ७ जनाको साउन ४ गते उद्धार गरि नेपाल फिर्ता पठाईएको हो ।

 

Comments

comments