‘पर्ख पर्ख मायालु’, ‘घरबार’, ‘तिम्रै खुसीको लागि’ लगायतका दर्जनौं गीतमा आवाज दिएकी गायिका बिन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ । सम्भु कुमालको शब्द र सुदिप सागरको संगीत रहेको आधुनिक गीत दिल मेरो बिन्दुको आफ्नै आधिकारिक युटुव च्यानल मार्फत आईतबार सार्वजनिक भएको हो ।

बिनोद थापा प्रोडुसर रहेको यस गीतको संगीत संयोजन संगीतकार सुदिप सागरले नै गरेका हुन् । प्रेम पछिको घातका कारण वियोगान्त मनोभाव बोकेको यस गीतले नारी प्रेमप्रतिको विश्वास टुटेकी नारीको संवेदनालाई प्रस्तुत गरेको छ ।

गायिका बिन्दु परियार पछिल्लो समयकी ब्यस्त गायिकाका रुपमा रहेकी छन् । चलचित्र मंगलमको पर्ख पर्ख मायालु  गीतले उनलाई अत्याधिक चर्चामा ल्याएको थियो भने पछिल्लो समयको घरबार गीत पनि युटुव ट्रेन्डिङको शिर्ष स्थानमा रहँदै अत्याधिक सफल रहेको गीत हो  ।

Comments

comments