US Khabar

कांग्रेसको अनुशासन कारबाही: पूर्वगृहमन्त्री गोविन्द राज जोशी सहित ३ जनालाई पार्टीबाट निस्कासीत

- Admin | ३ वर्ष पहिले प्रकाशित

कांग्रेसको अनुशासन कारबाही: पूर्वगृहमन्त्री गोविन्द राज जोशी सहित ३ जनालाई पार्टीबाट निस्कासीत

नेपाली कांग्रेसको अनुशासन समितिले २ जना पूर्व मन्त्री सहित ३ जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । समितिको शनिबार बसेको बैठकले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुस्करनाथ ओझा तथा डडेलधुराका नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको हो ।

तनहुँबाट प्रतिनिधि सभाको गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका नेता जोशीलाई आधिकारिक उम्मेदवार बनाउँदा बनाउँदै पनि उनले वागी उम्मेदवारी दिएर विपक्षी दलका उम्मेदवारलाई जिताउन सघाएको आरोपमा मुद्धा दता भएको थियो भने ओझा र बिष्टमाथी पनि गत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारवाही गरिएको हो ।
ओझामाथी गत निर्वाचनमा कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

समितिले गरेको कारवाही अनुसार पूर्वगृह मन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको भने पूर्व राज्यमन्त्री मन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।

त्यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि पार्टीबाट निस्काशन गरिएको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!