नायिका शिल्पा पोख्रेल र सुमित थापाको अभिनय रहेको आधुनिक गीत नियतीको खेल सार्वजनिक भएको छ । यमु शर्माको शब्द र भोजराज प्रसाईको संगीत रहेको ‘नियतीको खेल’ कविता श्रेष्ठको आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

राजेश कुमार श्रेष्ठको संगीत संयोजन रहेको यो गीतको भिडियोमा शिल्पा र सुमित संगै योगीशाको पनि अभिनय रहेको छ ।

आयुश क्षेत्रीको निर्देशनमा निर्माण भएको भिडियोमा पारिवारिक प्रेम र तेस्रो ब्यक्तीको प्रवेशले दम्पत्तीबिच हुने सम्बन्ध बिच्छेदलाई चित्रण गरिएको छ । मोडल सुमित शिल्पाको श्रीमानको रुपमा देखिएका छन् ।

केही दिन देखी श्रीमानसंगको बिग्रदो सम्बन्धका कारण चर्चामा रहेकी शिल्पा अभिनीत सम्बन्ध बिच्छेदकै कथामा रहेको यो गीतले दर्शक स्रोताबाट राम्रो प्रतिकृया बटुलिरहेको छ । नारायण उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा सम्पादन अभिनास डिसीको रहेको छ ।

 

Comments

comments