नेपालकी प्रथम ट्याम्पु चालिका तथा सफल महिला उद्येमी लक्ष्मी शर्मा अमेरिकामा अमेरिकामा लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानीत हुनुभएको छ । बि सं २००७ सालमा काठमाडौको महाराजगञ्जमा जन्मनु भएकी शर्मा जन्मेकी शर्मा एक प्रेरक ब्यक्तीत्व र अन्तराष्ट्रिय स्तरकी महिला उद्येमी भएकाले उहाँको कदर स्वरुप पहिलो पटक अमेरिकाबाट शर्मालाई लाईभटाईम अचिभमेण्ट अवार्डबाट सम्मानित गरिएको हो ।

१३ बर्षको उमेरमा नै अन्तरजातिय बिबाह गरेर सामाजिक परिवर्तनको यात्रा सुरु गरेकी उनको जीवनमा बैबाहिक सम्बन्धमा पनि अनेकौं उतार चढाब आएका थिए । जीवनको अस्तित्व बुझेकी उनले २०३८ सालमा उनकी साइली आमाबाट पैसा सापटी मागेर टेम्पो किनी जमलदेखि महाराजगञ्जसम्म आफै टेम्पो चलाएर यो यात्रा सुरु गरेकी थिईन ।

नेपाल विश्व सहयोग सङ्घ र पश्चिम अमेरिका नेपाली महासङ्घले संयुक्तरुपमा क्यालिफोर्नियाको रिचमन्डमा आयोजना गरेको कार्यक्रममा शर्मा शर्मालाई सम्मानित गरिएको हो ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान विजेता शर्माको लाइफ्टाइम अचिभमेन्ट अवार्ड भने यो नै पहिलो हो ।

आफ्नो व्यापारी कामको शिलशिलामा अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन संग समेत भेटवार्ता गर्नुभएकी शर्मा आफैंमा राम्रो चित्रकार र गायिक पनि हुनुहुन्छ ।

सम्मान कार्यक्रममा शर्माले आफ्नो जीवनको संघर्षमय दिनहरुको स्मरण गर्दै ईच्छाशक्ती र लगाव बलियो राखे महिलाहरुले जुनसुकै क्षेत्रमा पुरुषको हाराहारीमा रहेर काम गर्ने सक्ने आफ्नो अनुभव सहितको बिचार ब्यक्त गर्नु भएको थियो ।

 

 

Comments

comments