US Khabar

दिपाशा र दिव्यानीको साथमा अभिनय सहित गायक खुमन अधिकारीको ‘कोरोना ला छैन’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

दिपाशा र दिव्यानीको साथमा अभिनय सहित गायक खुमन अधिकारीको ‘कोरोना ला छैन’ सार्वजनिक

चर्चित गायक खुमन अधिकारीको लय, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । प्रकाश पराजुलीको शब्दमा रहेको यो मान्छे चिन्छौ बोलको गीत गायिका सम्झना अधिकारीसंगको युगल आवाजमा गायक खुमन स्वयंको संगीत र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

विश्व ब्यपापी महामारीका रुपमा रहेको सरुवा संक्रमण कोरोना भाईरसको बिषयलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा खुमन र सम्झनासंगै कोरस गायनमा राजेन्द्र बाजुराली, बसन्त लम्साल, प्रेमा राना मगर र रुपी सिन्जाली मगरको स्वर रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमाथी निर्माण भएको भिडियोमा गायक खुमन अधिकारीसंगै मोडल लोमश शर्मा, धुर्व हिमाली, अर्जुन गौतम, बविन ठकुरी, दिपासा विसी र दिब्यानी ओलीको अभिनय रहेको छ भने बाल कलाकारमा आयुशा गौतमको पनि अभिनय प्रस्तुत गरिएको छ ।

स्मृती तिमिल्सिना गुरुआमाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन तथा प्रकाश धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!