एनआरएनए युएईको दुवई राज्य क्षेत्रको अध्यक्षमा सुवास शर्माले उमेद्वारी दिएका छन् । आउँदो अगष्ट ९ तारिखका दिन हुने आसन्न निर्वाचन (२०१९-०२१) का लागि शर्माले दुवई राज्यवाट अध्यक्ष पदका लागि उमेद्वारी दिएका हुन् । दाङमा जन्मिएर बिगत ७ बर्षदेखी युएईमा रहँदै आएका शर्मा राम्रा संचारकर्मीका रुपमा पनि परिचित छन् । सामाजिक काममा सक्रिय उनि नेपालीका समस्यालाई नजिकबाट नियालेका युवा उमेद्वार हुन् । जो आफैं आम नेपाली जस्तै बैदेशिक रोजगारका शिलशिलामा युएई पुगेका थिए ।

नेपाली कामदारका रुपमा दुवईमा रहँदै आएका उनले त्यहाँ रहेका नेपाली श्रमिकका समस्या र गाह्रो अप्ठेरोलाई आफैंले पनि भोगेका छन् र संचारकर्मीको नजरबाट पनि यसलाई नजिकबाट नियालिरहेका छन् ।

आम नेपाली युवाकै हैसियतका सुवास शर्माले दुवई राज्य क्षेत्रको अध्यक्ष जस्तो जिम्मेवार पदमा उमेद्वारी दिएसंगै यतिबेला उनी चर्चामा रहेका छन् । देशको राजनितीक र सामाजिक अवस्थामाथी बोल्दै आएका शर्माको अध्यक्ष पदको उमेद्वारीका उदेश्य र योजनामा केन्द्रित रहेर युएस खबरकर्मी किशन रेग्मीले उनिसंग गरेको कुराकानी

-अध्यक्ष पदमा तपाँईको उमेद्वारी किन ?

यहि अगष्ट ९ तारिखका दिन संयुक्त राज्य अरव ईमिरेट्स युएईको दुवइ राज्यको निर्वाचन हुँदैछ । जसमा मैले अध्यक्ष पदका लागि उमेद्वारी दिएको छु । एनआरएन बिश्वभर रहेका नेपालीको साझा सामाजिक संस्था हो । यद्यपी एनआरएनप्रतिको आम नेपालीको बुझाई आज पनि पूर्ण रुपमा सकारात्मक रहेको पाईदैन । मैले धेरै नेपालीबाट सुनेको छु एनआरएन भनेको तस्करहरुको समुह हो, यो टाईसुट लगाउनेहरुको मात्र संस्था हो, यसले प्रवासी नेपालीलाई केही गर्दैन भन्ने नै आरोप लाग्दै आएको छ । हिजोका दिनमा मेरो पनि बुझाई यहि थियो । संसारभर रहेका नेपालीको हितका लागि खुलेको छाता संगठनमाथी यो आरोप लाग्नु आफैंमा दुभाग्य होे । एनआरएन कहाँ नेर के के कुरामा चुक्यो र यो आरोप लाग्यो आफैंमा सोचनिय बिषय हो ।

आम नेपाली युवाजस्तै म पनि सामान्य नेपाली श्रमिक हुँ दुवईको । युएईमा रहेका झण्डै २ लाख ५० हजार नेपालीहरुमध्य प्राय सामान्य कामदारका रुपमा युएई आएका ब्यक्तीहरु नै छन् । उनिहरुका समस्याबारे म अत्यन्त नजिकबाट जानकार छु किनकी म स्वयं त्यहि हैसियतमा रहेर काम गरिरहेको ब्यक्ती हुँ ।

कुनै पनि संस्था आफैंमा खराव हुँदैन । नेतृत्वमा बस्ने ब्यक्तीहरुको अलग आचरण र सोचले संस्थामा दाग लाग्ने गर्दछ । मलाई लाग्यो हिलोलाई हेरेर बस्ने होईन फोहोर सफा गर्न आफैं हात हाल्नु पर्छ । त्यसैले मैले बिशुद्ध सामाजिक भावले यो निर्वाचनमा अध्यक्ष पदका लागि उमेद्वारी दिएको हुँ । एनआरएनए टाईसुट लगाउनेहरुको मात्र संस्था होईन हामी सबैको साझा संस्था हो भन्ने बुझाउनका लागि पनि म चुनावी मैदानमा आएको हुँ । मेरो उमेद्वारी युएईमा रहेका सम्पुर्ण नेपाली श्रमिकको प्रतिनिधित्व हो ।

-के को शिलशिलामा दुवई आउनु भएको थियो ?

सन् २०१२ मा सपनाको ठुलो भारी बोकेर दुवई आएको थिएँ म । संचारकर्मले दिएको नाम र पहिचानले परिवारलाई गतिलो जीवन र सुख दिन नसकेपछि जिम्मेवारी बोधले ति सबै नाम, प्रशंसक, चर्चालाई एकातिर थन्काएर नेपाली श्रमिकका रुपमा दुवई आएको आम नेपाली श्रमिक हुँ म । सामान्य सेक्युरेटी गार्डका रुपमा आएको मैले आज पनि अन्य नेपाली जस्तै श्रमिककै रुपमा काम गरिरहेको छु । यहाँ रहेका अन्य नेपाली कामदारले जस्तै श्रम बेचेर परिवार पालिरहेको छु ।

-तपाँईका लेख\स्ट्याटस हेर्दा तपाँई राजनितिक बिचारधारा बोकेको ब्यक्ती जस्तो लाग्छ, के यो सत्य हो ?

हामी नेपालीको प्रत्यक चिजमा राजनिती जोडिएको छ । आज म बिदेशमा छु । मेरो देशको राजनिती राम्रो हुन्थे भने आज म मेरै देशमा हुनेथिए । बिदेशमा हुँदा अझ बढि नेपालको राजनितीक जान्न मन लाग्छ । कति कुरा चित्त बुझ्दैनन् कति राम्रा लाग्छन् त्यसैलाई सामाजिक संजाल र लेखहरु मार्फत ब्यक्त गर्ने गर्दछु । राजनिती मेरो बाटो होईन तर पनि सामाजिक संजाल र पत्रपत्रिकामा चित्त बुझे नबुझेको कुराहरु लेख्दा, ब्यक्त गर्दा मलाई दर्शक, पाठक र स्रोतहरुले त्यो रुपमा बुझन् हुन्छ ।

-तपाँई नेकपा निकट ब्यक्ती भन्ने सुनिन्छ नि । खाष कुरा के हो ?

म पार्टीसंग सम्बन्ध भन्दा पनि ब्यक्तीसंग सम्बन्ध राख्ने मान्छे हुँ । मलाई जो सहि लाग्छ म त्यसको बारेमा खुलेरै प्रसंसा गर्छु । कारण यतिबेला नेकपाको सरकार छ । यति बेला प्रधानमन्त्रीका रुपमा केपी ओली हुनुहुन्छ । उहाँको बारेमा अत्यन्तै पक्ष लिएर बोल्ने गर्छु । त्यसैले आम दर्शक पाठकको बुझाई छ कि सुवास शर्मा एमालेको मान्छे हो । तर म पार्टीको भन्दा पनि ब्यक्तीको समर्थक हुँ । मलाई सहि लागेका ब्यक्तीको बारेमा बोल्ने गर्छु यहि आधारमा मलाई एमालेको मान्छे भन्न मिल्दैन किनकी देशको राजनितीक नेतृत्व जसले सम्हालेको छ उसका गतिविधीसंग हामीले प्रतक्ष्य सरोकार राखेकै हुन्छौं । भोली कांग्रेस या अन्य कसैको सरकार रहँदा पनि म यहि शैलीमा बोल्ने मान्छे हुँ ।

म ब्यक्तीबाट प्रभावित हुने मान्छे हुँ काँग्रेसमा पनि यस्ता नेताहरु हुनुहुन्छ, राप्रपा र अन्य पार्टीहरुमा पनि हुनुहुन्छ जसको काम र सोचबाट म प्रभावित छु । त्यस्तै नेकपामा पनि केही त्यस्ता ब्यक्तीहरु हुनेहुन्छ जो राजनितीमा अगाडी आउनुपर्छ, हावी हुनुपर्छ भन्ने म सोच्छु । यसकै आधारमा सुवास शर्मा एमालेको मान्छे हो भन्न मिल्दैन ।

-तपाँईको नजरमा देशको बर्तमान राजनितीक अवस्था कस्तो छ ? बिदेशमा रहेको नेपाली कामदारको हिसावले के भन्न चाहनुहुन्छ ?

बिशुद्ध एउटा नागरिक अथवा बिदेशमा रहेको नेपाली कामदारको हिसावले भन्ने हो भने म नेपालमा हुँदा जुन किशिमको निरासाको पोको थियो राजनितीक अस्थीरताका कारण । म यहाँ हुँदा देशमा स्थिर सरकार आएको छ । तर स्थिर सरकार आएपनि हामीले अपेक्षा गरेको कामहरु भने पक्कै पनि भएको छैन । हुँदै नभएको त होईन तर जुन अपेक्ष जनताले र हामी प्रवासमा रहेका नेपालीले गरेका थियौं त्यो हुन सकेको छैन ।

दुख्छ बेला बेलामा देशको स्थीती देख्दाखेरी । अर्को एक पक्ष फेरी असन्तुष्ट देखिएको छ, युद्ध चाहिरहेको छ । कतै देशफेरी द्वन्दमा जान्छ कि भनेर भन्ने निरासा छ हामी बिदेशमा रहेका नेपाली मनहरुमा । देशमा शान्ति भै दियोस । हामी बिदेहशमा रहेका नेपालीहरुले नेपाल फर्किएर आफ्नै देशको नाभी गाडेको माटोमा पसिना बगाएर केही गर्न सक्ने एउटा बातावरण सृजना होस् ।

हामी बिदेशमा बस्ने नेपालीहरु देश प्रति संधै सकारात्मक छौं । हाम्रो देश राम्रो भै दिवस् भन्ने सबैको मनमा छ । सामाजिक सजाल र समाचारहरु हेर्दा निसासा चाहिँ छ तर निरासा भित्र पनि आसा खेज्ने मान्छे हुँ म । संभावना खेज्ने मान्छे हुँ । त्यसैले मेरो नजरमा देशको अहिलेको स्थीति हेर्दा त्यती निरासा बनिहाल्नु पर्ने स्थीती पनि छैन ।

-एनआरएन प्रतिको तपाँईको बुझाई चाहिँ के हो ?

आम नेपालीको बुझाईमा एनआरएन अर्थात गैर आवासिय नेपाली भन्न साथ गैर नेपाली नागरिक भन्ने बुझीन्छ । मेरो पनि त्यहि बुझाई थियो तर नेपाल सरकारले नै २ बर्ष भन्दा धेरै देश बाहिर बसेका नागरिकहरुलाई गैर आवासिय नेपाली भनि घोषणा गरेको छ । त्यस अर्थमा हामी सबै एनआरएन सदस्यहरु नै हौ । चाहे संस्थामा सदस्यता लिउँ या नलिउँ । मैले अघि पनि भने मेरो कुनै पनि संस्थाको बिधानहरु र भिजनहरु गलत हुँदैनन् । गलत त्यो संस्थामा भएका ब्यक्तीहरु हुन् ।

खाडी मुलुकहरुका एनआरएनए हुनुपर्थो या हुनुपर्थेन भन्नेमा त्यो आम नागरिकको आ आफ्नो ब्यक्तीगत सोच अगल ठाउँमा छ । तर भएर के फाईदा छ र नभएको भए के हुन्थ्यो त्यसको हिसाव किताव राख्नु अलग कुरा हो । युएईमा एनआरएनए यहाँको सरकारमा दर्ता भै सकेको संस्था हो जसलाई एनआरएन भनेर घोषित नै त गरिसकेको छैन तर नेपाल एसोसियसन एनए भनेर राखिएको छ । एनए भन्ने नै एनआरएनए हो जसमा युएईको एनआरएनएको लोगो अंकित छ ।

एउटा बैधानिक नेपाली संस्थाका रुपमा रहेर यहाँका दुखमा परेका नेपाली होस् या अन्य सामाजिक संस्थाको आवश्यकता पर्छ त्यस समय उभिने हाम्रो संस्था हो यो । जसले नेपालीहरुको दुख र अप्ठेरोमा साथ दिन्छ । म एनआरएनएलाई राम्रो संस्थाको रुपमा बुझ्छु ।

-एनआरएनए प्रति पनि बेलाबेलामा तपाँईका लेखहरुमा असन्तुष्टी देखिन्छ नि ?

सन्तुष्टी आजसम्म यस कारणले भएन कि यति ठुलो संस्थाका जिम्मेवारी चित्त बुझ्दोसंग निर्वाह भएको पाईएन । संस्थामा आवद्ध ब्यक्ती खराव भै दियो या नेतृत्व खराव भै दियो भने समग्र संस्थामा नै दाग लाग्ने गर्छ । त्यसैले किन गुनासो रहित एनआरएनए निर्माण हुन सकेन म जान्न पनि चाहन्छु त्यसैले पनि म आफैं निर्वाचनमा भिड्दैछु । यो गुनासो र असन्तुष्टी हटाउनका लागि हामी जस्ता ब्यक्ती जो ब्यक्तीगत स्वार्थका लागि होईन सबैको पिर मर्कालाई सुन्न र सहयोग गर्ने उदेश्यले चुनाव लड्दैछौं । एनआरएनएमा रहने नेतृत्व तहका सबैले यो जान्नु र महशुष गर्नु आवश्यक छ कि एनआरएनए अभिभावको हैसियत र दाहित्व बोकेको संस्था हो । जसले प्रवासमा रहेका सबै तहका नेपालीलाई समान ब्यवहार गर्नु पर्छ र उनिहरुकै अप्ठेरोमा साथ दिनका लागि यो संस्थाको जन्म भएको हो ।

-यो उमेरमा अध्यक्ष जस्तो जिम्मेवार पदमा सिधै उमेद्वारी दिनु भित्रको कारण के हो ? चर्चाको मोह त होईन ?

मेरो उमेद्वारी आवश्यकता हो या होईन त्यो मलाई थाहा भएन तर अहमता म मा हिजो पनि थिएन र आज पनि छैन । सुवास शर्माले एउटा नाम र चर्चाको लागि एनआरएनएको चुनावमा उमेद्वारी दिँदैछ भन्ने सोच्न भएको छ कसैले भने त्यो गलत हो । म १६ बर्षदेखी संचार कर्ममा होमिएको मान्छे हुँ दुवई आईसकेपछि पनि मैले नेपाली कार्यक्रम चलाएको हुँ जुन नेपालका ६५ ओटा जिल्लाका प्रसारण हुने गथ्र्यो । यसैले नाम र चर्चाका लागि मैले चुनावी मैदान रोज्नु पर्दैान नेपाल गएर एउटा मिडियामा आवद्ध भएर काम गर्न अहिले पनि सक्छु म । तर मैले एउटा संचारकर्मीको नजरले र आफैं नेपाली श्रमिक हुँदा यहाँका नेपालीले भोग्न परेका समस्या नजिकबाट देखेको छु । जुन मैले बाहिरबाट देखेको छु म एक्लैले यसको समाधान गर्न सक्दिन त्यसैले संस्थागत रुपमा जान चाहेको हुँ ।

-चुनौति पनि त होला नि ? भोली चुनावमा तपाँई पराजित हुनुभयो भने यहि प्रतिवद्धता कायम रहन्छ तपाँईभित्र ?

चुनाव जित्छु नै भन्ने त म भन्न सक्दीन । तर मैले यहाँ रहेका नेपालीप्रति जुन सहजताको वातावरण बनोस् भन्ने सपना देखेको छु । त्यो सपना सबै नेपालीहरुको साझा सपना हो । त्यसैले यो सपनाले समर्थन पाउँछ भन्ने मेरो बिश्वास छ ।

हुनत सुवास शर्मा नामको एक ब्यक्तीले चुनाव हारेर पहाडै खस्ने पनि होईन चुनाव जितेर पहाडै उचाल्ने पनि होईन । हिजो म नहुँदा पनि चलेकै थियो भोली म नहुँदा पनि चल्छ । तर म नहुँदा कुन रुपले चल्छ र हुँदा कुन रुपले चल्छ भन्ने कुराले चाहिँ अर्थ राख्छ । मेरा प्रतिवद्धताप्रति गरिने बिश्वासका मतको कदर म संधै गर्ने छु । यदि म भोली पराजित भएँ भने पनि मेरो उदेश्य फेरीने छैन । म बाहिर बसेर पनि सकेको सहयोग गर्ने नै छु । हार जीतले मलाई फरक पर्दैन । हारे विरोध गर्ने र जिते गुणगान गाउने काम म बाट हुँदैन ।

-एनआरएनए राजनितीक गर्ने थलो हो ?

राजनितीप्रति आस्था सबैको हुन्छ, भलै कसैले देखाउछ कसैले देखाउँदैन त्यो फरक पाटो हो । कहाँ गएर के राजनिती गर्नुपर्छ भन्ने ब्यक्तीको बुझाईमा भर पर्छ । कुन ठाउँमा गएर कुन प्रकारको राजनितीे गर्नुपर्छ भन्ने चेत हामीमा हुनुपर्छ । मेरो बुझाईमा एनआरएन राजनिती गर्ने थलो होईन यसलाई राजनितीको थलो बनाउन हुँदैन भन्ने सोच बोकेर म एनआरएनएमा नेतृत्वमा जान लागेको हुँ । म गै सकेपछि बिलकुल यहाँ पार्टीगत या ब्यक्तीगत स्वार्थको राजनिती रहेछ भने त्यसलाई सुन्यतामा झार्ने मेरो प्रयास रहने छ ।

 

हरितालिक तीजको अवसरमा यूएस खबरको प्रस्तुतिमा सार्बजनिक भएका तीज बिशेस गीत , हेरेर प्रतिक्रिया दिनु होला

 

Comments

comments